नेपालगन्ज, ८ पुस । पुनरावेदन अदालत नेपालगंजका मुख्य न्यायाधीश बम कुमार श्रेष्ठले स्वच्छ सुनुवाई न्याय सम्पादनको मुख्य आधार भएको बताएका छन् ।

बार स्थापना दिवसको अवसरमा एडभोकेसी फोरमले जिल्ला कानूनी सहायता संजाल नेपालगंजमा आवद्ध पुनरावेदन तथा जिल्ला बार इकाई बाँके, तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) क्षेत्रीय कार्यालय नेपालगंज,महिला कानून र बिकाश मञ्च, ल्याक,सेलर्ड र आईएलएफ संगको सहकार्यमा मंगलवार नेपालगंजमा आयोेजनामा गरेको ‘स्वच्छ सुनुवाई र कार्यान्वयनको अवस्था’ बिषयक कार्यक्रममा बोल्दै मुख्य न्यायाधीशले बमले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै मुख्य न्यायाधीश बमले स्वच्छ सुनुवाईको अधिकार ब्यक्तिले अन्यायपुर्वक सजाय नपाओस् भन्ने आधारभुत सुरक्षात्मक उपाय भएको जनाउदै न्यायपालन गराउन तथा बिधिको शासन कायम राख्न स्वच्छ सुनुवाई प्रणाली आवश्यक रहेको बताएका थिए । कार्यक्रममा एडभोकेसी फोरमका क्षेत्रीय संयोजक बसन्त गौतमले एडभोकेसी फोरमले गरेको हिरासत अनुगमनबाट अझै पनि स्वच्छ सुनुवाईको अधिकार सुनिश्चित हुन नसकेको र हिरासतमा यातनाका घटनाले निरन्तरता पाइरहेको बताएका थिए । एडभोकेसी फोरमले सन् २०१५ अप्रिल देखि नोभेम्बर सम्ममा जम्मा २४५ जना (२२४ पुरुष २१ महिला) थुनुवाहरुलाई भेटघाट गरेकोमा ५५ जनाले आफुहरु माथी कुनै न कुनै हिसावले यातनाजन्य दुब्र्यवहार भएको बताएका थिए । भेट गरिएका मध्ये ११ जना बालवालिका भएको र ७६ जनाले केही दिन गैर कानूनी थुनामा राखे पश्चात मात्र कानूनी प्रक्रिया लगिएको बताएका थिए । यस्तै भेट गरिएका मध्ये ९४ जना थुनुवाहरुले आफ्नो स्वतन्त्र इच्छा बिरुद्ध साबिति बयान दिएको कुरा फोरमका कानून ब्यवशायीसमक्ष बताएको जानकरी दिए ।

कार्यक्रममा पुनरावेदन अदालत नेपालगंजका न्यायाधीश बिर बहादुर डाँगी, पुनरावेदन सरकारी वकिल कार्यालय नेपालगंजका सहन्यायाधीवक्ता हरि प्रसाद जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिर बहादुर थापा, जिल्ला बन कार्यालय बाँकेका प्रमुख पुष्पराज बरतौलाले स्वच्छ र निश्पक्ष सुनुवाईमा आ आफ्नो तर्फबाट भुमिका निर्भाह गर्न सकेमा पीडितले न्याय पनि पाउने र अपराधीलाई कानूनको दायरामा ल्याउन सहज हुने बताएका थिए ।

कार्यक्रममा अधिवक्ताहरु धु्रब बश्याल, झबिन्द्र पौडेल, बिश्वजित तिवारी,रुपनारायण बिसी, राजेन्द्र प्रसाद शर्मा, प्रभाकार भट्टराई, मोहम्मद आयुव सिद्धिकी र राजाराम अधिकारीले स्वच्छ सुनुवाई र निश्पक्ष अनुसन्धानले मात्र वास्तविक अपराधीलाइ सजाय दिलाई पीडितलाई न्याय दिलाउन सहज हुने र अभियुक्तको मानव अधिकारको पनि संरक्षण हुने बताएका थिए । यस्त गरि थर्ड एलायन्सका क्षेत्रीय संयोजक आलम खानले अझै पनि हिरासतमा यातना दिने कार्य जारी रहेको र सबै थुनुवाले स्वच्छ सुनुवाईको अधिकारको उपभोग गर्न नपाएको बताएका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै एडभोकेसी फोरमका कार्यक्रम संयोजक ओम प्रकाश सेन ठकुरीले एडभोकेसी फोरमले फौजदारी न्यायको सुढृढीकरणका सम्बन्धमा बिभिन्न कार्यहरु संचालन गर्दै आईरहेको जानकारी दिदै स्वच्छ सुनुवाई न्याय सम्पादनको मुख्य आधारस्तम्ब्भ भएकाले यसको पुर्ण पालना हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीले कतिपय अवस्थामा कानून ब्यवशायीको उचित प्रतिनिधित्व बिनै पनि मुद्धाको सुनुवाई हुने गरेका कारण स्वस्थ सुनुवाईमा असर गरेको कुरालाई मध्यनजर राख्दै न्यायिक निकाय, बार, कानून ब्यवशायी कानून सेवा प्रदान गर्ने संघ सस्थाले आफ्नो सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको बताएका थिए ।

बाँके जिल्ला बार अध्यक्ष उदयराज बर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुनरावेदद बार एकाइ नेपालगंजका सचिव पवन कुमार गुप्ताले गरेका थिए भने सहभागीहरुलाई स्वागत बाँके जिल्ला बारका उपाध्यक्ष प्रेम प्रसाद शर्माले गरेको थिए । कार्यक्रमको सुरुवातमा बार दिवसका अवसरमा शुभकामना आदान प्रदान गनुका साथै केक काटेर बार डे मनाईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.