ganesh shah
हुलाकी न्यूज, काठमाण्डौ, ८ पुस । नेकपा संयुक्तका अध्यक्ष गणेश साहले केपी ओलीको सरकार असफल भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समितिको मङ्गलवार सम्पन्न बैठकले मधेश आन्दोलन, विदेश कुटनीति, कालोबजार लगायतका विषयमा ठोस पहल गर्न नसकेको भन्दै प्रधानमन्त्री निर्वाचनमा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।

देशको वर्तमान अवस्था र तराई–मधेश जारी रहेको आन्दोलनलाई सम्बोधन गर्नुको साटो विकल्प खोजिरहेकोले मुलुकमा समस्या विकराल हुँदै गएको निष्कर्ष निकाल्दै आफ्नो पार्टीको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । ओली नेतृत्वको सरकारले देशमा विद्यमान जटिल परिस्थितिहरुलाई सामना गर्न असफल भएको तथा मन्त्रिपरिषद्को कामकार्वाही समेत सन्तोषजनक नरहेको निष्कर्ष नेकपा संयुक्तको रहेको छ । नेकपा संयुक्त पार्टीको तीन जना सांसद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.