वीरगन्ज, ७ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगंजको घण्टाघरबाट मोटरसाईकल ¥यालि सहित वीरगंजका बजार पसलहरु बन्द गराएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जनपरिचालक समितिका संयोजक एवम् संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको नेतृत्वमा निस्केको -याली वीरगंजको माईस्थान, आर्दशनगर, अलखियामठ, विर्ता, रजतजयन्ती चोक, भन्सार हुदैँ नेपाल भारत सिमा नाकाको धर्नास्थल मितेरी पुल सम्म पुगेर बसपार्क हुदैँ पुनः घण्टाघरमा आई सम्पन्न भएको थियो ।
यस विचमा विभिन्न ठाउँमा पसल सञ्चालन गरेका व्यापारीहरुलाई बन्द गरि सहयोग गरिदिनका लागि आग्रह गर्दै मधेश जुलुसमा सहभागि हुन अपिल गरेको थियो । मधेश बन्दको १३१ औँ दिन तथा नाकाबन्दीको ९१ औँ दिन पुगिसक्दा सरकारले मधेशको मागप्रति केहि सकरात्मक हुदैँ गएकाले अबको केहि दिनको बन्दमा सरिक हुनका निम्ति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जनपरिचालक समितिका संयोजक एवम् संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले आग्रह गरेका थिए ।

birgunj1
मोटरसाईकल ¥यालिमा तराई मधेश लोकतान्त्रिक पार्टिका पर्सा अध्यक्ष पुरुषोतम झा, सदभावना पार्टिका पर्सा अध्यक्ष इमदात गद्दि, तराई मधेश सदभावना पार्टिका पर्सा अध्यक्ष प्रेम चन्द्र कुशवाहा, संघिय समाजवादि फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, केन्द्रिय सदस्य विरेन्द्र यादव, युवा इन्चार्ज नासिर खान, जिल्ला सदस्य सेख जलामुदीन, अजय सरार्फ, मदन यादव, प्रकाश शर्मा, हसमुदिन देवा, नेक महम्मद, तमलोपाका जिल्ला सचिव चन्दन मिश्रा लगायतको सहभागिता रहेको थियो ।
यसैगरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको केन्द्रिय निर्णय अनुसार आज पर्सा जिल्लाको गाँउ, नगर, टोल छिमेकमा नेपाल सरकारको तर्फबाट ल्याएको संविधान संसोधन विधेक अयोग्य रहेकाले उक्त विद्येक पर्साको विभिन्न गाविसहरुमा गरि वीरगंजमा पनि जलाईएको छ । वीरगंजको राधेमाईमासंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जनपरिचालक समितिका संयोजक एवम् संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको सहभागितामा विद्येयक जलाईएको थियो । कार्यक्रममा स्थानिय मधेशी जनताको सहभागितामा सरकारको विरोध गर्दै विद्येयक जलाईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.