MJA-logo

हुलाकी न्यूज, मलंगवा ७ पुस । मधेशी पत्रकार संघ सर्लाही शाखाले पत्रकारलाई गोली ठोक्ने धम्की दिने प्रहरीमाथि कारवाहीको माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शाखाका अध्यक्ष सन्तोष सिंहले सोमबार मलंगवामा पत्रकार द्वय विश्वनाथ ठाकुर र ओेमप्रकाश ठाकुरलाई धम्की दिने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।

अध्यक्ष सिंहद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सर्लाह सदरमुकाम मलंगवामा मधेश आन्दोलनको समचार संकलनका क्रममा पत्रकार विश्वनाथ ठाकुर र ओमप्रकाश ठाकुरलाई मिति २०७२।०९।०६ गते सोमबारका दिन सुरक्षाकर्मीवाट भएको दुब्र्यवहार मधेशी पत्रकार संघे गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारले आफ्नो धर्म निर्वाह गर्ने क्रममा राज्य पक्षवाट भएको वाधा र दुव्यवहार  लोकतान्त्रिक पद्दतीको उपहास हो ।’

धम्की बारे विज्ञप्तिमा भनिएको छ, ‘सरकार मातहतको सुरक्षा निकाय यस बिषयमा संवेदनशिल हुनुपर्छ । आन्दोलनको फोटो खिच्ने क्रममा पत्रकारद्धयलाई क्यामेरा फुटाइदिन्छु र गोली ठोक्छु भनेर धम्क्याउनु निन्दनिय हो । प्रतिकुल अबस्थामापनि धर्म निर्वाह गर्नुपर्ने कठिन दायित्व निर्वाह गर्ने पत्रकारमाथि सुरक्षाकर्मीबाट नै दुब्र्यवहार हुनु आपत्तिजनक हो । पत्रकारलाई गोली ठोकछु, क्यामरा फोडिदिन्छु भन्दै अभद्र ब्यबहारको निन्दा गर्दै दोषिमाथि कारबाही गर्न जोडदार माग गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.