
सलिम अंसारी
‘संघीय समावेशी मधेशी गठबन्धन’ र ‘राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन’ले मधेश आन्दोलनलाई नेतृत्व गर्न लागेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यिनीहरुलाई पाखा लगाएको हो । पुनः आफूहरु नै स्थापित हुने प्रपोगाण्डा अनुसार यिनीहरुले मधेश आन्दोलनलाई प्रयोग गर्दैछन् ।
राज्यसँग संघर्ष जारी रहेको बेला सबै एकजुट भएर जनअधिकार स्थापित गर्न लाग्नु पर्ने समयमा मोर्चाका नेताहरुले आफूहरुलाई मात्र मधेशको कथित मसिहा बनाउने दौडमा लागेका छन् । यो विषय अव मधेशको स्थानीयतहसम्म चर्चामा आएको छ । र, यसले मधेशीहरुमा चिन्ता पनि थपेको छ ।
मधेशीहरु अधिकारको लडाईमा अगाडि बढ्दैछन् तर मधेशी नेताहरु बर्चश्व र नेतृत्वको लडाईमा होमिएका छन् ।
मधेशमा दोस्रो ठूलो जनसंख्या भएको मुस्लिम समुदाय पहिलो मधेश आन्दोलनदेखि जारी मधेश आन्दोलनसम्ममा १६ जनाले सहादत प्रप्त गरिसकेका छन् । तर मधेशी मोर्चाका नेताहरुले नेतृत्वमा साँझेदारी हुने डरले राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धनलाई अलग हुन बाध्य बनाएको बुझिन्छ ।
बाबुराम, वैद्य, लिम्बुवान, तमुवान आदिसंग मिल्ने तर जेपी गुप्ता, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवलगायतका मधेशवादी संगठनलाई पाखा लगाउने कार्य मधेशी मोर्चाका लागि स्वभनीय होइन । मोर्चाका नेताहरु नै अहिले मधेशीहरुमा फुट ल्याउन प्रयासरत छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनलगायतका सम्पूर्ण मधेशवादी शक्तिहरु एकजुट भएर अन्तिम संघर्षमा जानुको विकल्प छैन । मोर्चाको एक्लौटीवादी प्रबृतिले आन्दोलन अगाडि बढ्ने छैन् । अव मधेशमा कुनै पनि संगठन एक्ला एक्लै गएको खण्डमा मधेशी जनताले लखेटेर पठाउने मानसिकता बनाउँदैछ ।
लेखक : तमरा अभियानका तथा मुस्लिम गठबन्धन नेता हुन् ।




Agar lagta hai neta hi sab kuchh hai to ye unaki bhul hai.etne madhesi ke balidani ke baad bhi neta swarth par uutarenge to madhesi Nathuram Godsey bhi banana janta hai.