
काठमाडौं, ७ पुस । जनकपुरधाम राष्ट्रपतिको कार्यक्रममा अवरोध गर्नेलाई नेपाल सरकारले कारवाही गर्ने भएको छ । सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित रामजानकी मन्दिरमा भएको घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य रहेका छन् । छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
नयाँ पत्रिकाको समाचारअनुसार गत बुधबार रामजानकी मन्दिरमा पूजाआजा गर्न गएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आन्दोलनकारीबाट ढुंगामुढा तथा पेट्रोल बम प्रहार गर्दै दुव्र्यवहार भएको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने निर्णय गरेअनुसार छानबिन समिति गठन भएको हो ।




heram la..kasari gardo raichau