Madheshi-gathbandhan-1

हुलाकी न्यूज, सिरहा (कल्याणपुर) ७ पुस ।
संघीय समावेशी मधेशी गठबन्धनका नेताहरुले अहिलेकै अवस्थामा वार्ताबाट समस्या समाधान हुन नसक्ने बताएका छन् ।

सिरहाको कल्याणपुरमा सोमबार आयोजित विरोध सभामा बोल्दै गठबन्धनका नेताहरुले शिर्ष तीन दलको रबैयाका कारण अहिले वार्ताबाट समस्या समाधानको संभावना क्षीण भएको बताए ।

सभामा तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुमाथि आरोप लगाउँदै मोर्चाका नेताहरू भारत भ्रमणबाट फर्केपछि मधेशका सवालहरू झन् बताए ।

उनले भने,‘लाग्दछ, मधेशी मोर्चाका नेताहरू सरकार र तीन दललाई आफुखुशी अगाडि बढन संकेत दिएको होस् । मोर्चा बिरोध गरी रहेको छ, सरकार आफ्नै सूर तालमा बढी रहेको छ । यो स्थिति दिल्ली भ्रमण पछि देखिनु रहस्यमय भएको छ ।’

सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले समानुपातिक समावेशीको सबालमा जोड दिए । भण्डारीले आफु रक्षामन्त्री भएको बेला नेपाली सेनामा ३ हजार मधेशी युवालाई भर्ना गराउन चाहेको तर, मधेशी नेताहरू कै असहयोगले पुरा गराउन नसकेको दाबी गरे ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेशीले लडी रहेको लडाई मधेशीले राज्यमा आफ्नो अंश खोज्न र मधेशमा मधेशीको वंशको रक्षाता लागि रहेको बताए । झाले मधेशी जनतालाई पनि नेताहरुप्रति विश्लेषणात्मक दृष्टिकोणले हेर्नु पर्ने बताए ।

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले मधेश आन्दोलनको अवस्था, गठबन्धनको उद्देश्यको बारे प्रष्ट पारेका थिए । यादवले अहिले पनि राज्यले मधेशीको अधिकार नदिए आन्दोलन अर्कोबाटमा मोडिन सक्ने चेतावनीसमेत दिए ।

Madheshi-gathabandhan

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.