Sarlahi-police-brutality

हुलाकी न्यूज, मलंगवा ६ पुस । सोमबार दिनभरी सर्लाही तनावग्रस्त रहेको छ । सर्लाहीमा प्रदर्शन आक्रमक भएको मोर्चाका नेताहरुले नै स्वीकार गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल सर्लाहीका जिल्ला अध्यक्ष अशोक यादवलाई प्रहरीले गिरफदार गरेको बिरोधमा प्रदर्शनकारीले मलंगवा स्थित सरकारी कार्यालयमा आगजनि गरेपछि सोमबार अबेर साँझसम्म प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ ।

प्रदर्शनकारीले दिउँसो खानेपानी कार्यालय र महिला तथा बालवालिका कार्यालयमा आगजनी गरेका छन् । खानेपानीको २ वटा कोठा र महिला तथा बालवालिका कार्यालयको ५ वटा कोठामा आगजनिबाट क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक रमेशकुमार खडकाले बताए ।

आगजनि पछि प्रहरीले अवस्था नियनत्रणमा लिन र प्रदर्शकारीलाई तितरबितर गर्न १ सय ५० राउण्ड अश्रु ग्यास, रबरको गोली चलाएको खडकाले बताए । प्रदर्शनकारीले प्रहरीको बा १ झ ६४५३ जिपमा जिविस चौकमा तोडफोड गरेका छन् ।
सर्लाही जिल्ला अदालत, जिल्ला विकास समितिको कार्यालयमा समेत प्रदर्शनकारीले आगजनिको प्रयास गरेका छन् । फोरम नेपाल अध्यक्ष यादवमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्धा तर्दा गराएका छन् ।

यादवलाई सोमबार सर्लाही जिल्ला अदालत मलंगवाबाट म्याद थप गराई सार्वजनिक अपराधको मुद्धा दर्ता गराएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ ।

यता स्थानीय पत्रकार विश्वनाथ ठाकुरले दिएको जानकारीअनुसार मलंगवा बजार क्षेत्रमा प्रहरीले सर्वसाधारणको घरमा प्रवेश गरी कुटपिट गरेको छ । बजारमा हिडिरहेका सर्वासाधारणलाई समेत प्रहरीले कुटपिट गरेको ठाकुरले हुलाकी न्यूजलाई बताए ।

Sarlahi-police-brutality 1 Sarlahi-police-brutality-3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.