वीरगंज, ६ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले जिल्लामा भइरहेको कालोबजारी रोक्न कडा निर्देशन दिएका छन् । उनले कालोबजारियाहरुले आन्दोलनलाई कमजोर बनाइरहेको बताए ।
पर्साको जिल्ला स्तरीय कार्यकर्ता भेला वीरगंज मुर्ली १५ मा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री पूर्वमन्त्रीसमेत रहेका महतोले जारी मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला आन्दोलनमा सक्रिय सहभागिता जनाउन आग्रह समेत गरेका छन् । मधेश आन्दोलन सफल नभएसम्म आन्दोलन जारी रहने जिकिर गरेका छन् ।
पर्सा जिल्ला अध्यक्ष ईम्दाद गद्दी सुगाको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलामा पार्टीका सह महासचिव एवं अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रिय सदयस्यहरु निजामुदिन समानी,मोहनलाल चौधरी,लालबाबु यादव,मोहन यादव, रेखा घिमिरे लगायतकाले सम्बोधन गरेका थिए । सोही भेलाले जिल्ला कार्य समिती पर्सालाई पुनर्गठन गरिएको छ ।
ईम्दाद गद्दी सुगाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिती गठन गरिएको छ । नव गठित समितीको उपाध्यक्षमा जगदिश प्रसाद कुर्मी,सचिव राजेश साह, कोषाध्यक्ष रामअशिष धानुक,प्रवक्ता भुपेन्द्र तिवारी,सदस्यहरु अशोक पटेल,रामचन्द्र गिरी, देवेन्द्र साह,सुरेन्द्र चौरसिया,नबि आलम,धर्मेन्द्र पटेल,गगनदेव प्रसाद,राजकुमार साह,अनिरुद्ध कलवार,पन्नालाल साह,ध्रुप कलवार,किसोरी कलवार,नगिना साह कानु,रमेश सहनी,मनोज प्रसाद कुर्मी,नुरुलहोदा लगायतको रहेका प्रवक्ता भुपेन्द्र तिवारीले बताए ।



