सर्लाही, ६ पुस । सदरमुकाम मलंगवा आज दिनभर प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ । प्रहरीले आन्दोलनकारीमाथि सयौं राउण्ड अश्रुग्यास र गोली चलाएका छन् । प्रहरीले शान्तिपूर्ण धर्ना र प्रदर्शनमा बल प्रयोग गर्दा मुठभेडको स्थिति भएको थियो । मलंगवास्थित खानेपानी र महिला विकास कार्यालयमा आगजनी गरिएको छ ।
प्रहरीको अश्रुग्यास र लाठी प्रहारबाट मधेशी मोर्चाका नेताहरु घाइते भएका छन् भने दोहोरो भीडन्त भएको छ । ‘प्रहरीको दमनले सीमा नै नाघिसक्यो, हामी प्रतिकार गर्न बाध्य भयौं,’ एक आन्दानेलनकारीले भने । संघीय समाजवादी फोरमका जिल्ला अध्यक्षलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको मोर्चाका एक नेताले हुलाकी न्यूजलाई बताएका छन् ।



