Mahendrrnagar

अमरेन्द्र कुमार यादव, महेन्द्रनगर (धनुषा) ६ पुस ।
रौतहटको गौरमा आइतबार प्रहरीले गरेको दमनका विरुद्ध सोमबार धनुषाको महेन्द्रनगरमा मधेशी मोर्चाका नेताहरुसहित कांग्रेस, एमाले र नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरुले पनि प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सरकार र पुलिस–प्रशासनद्वारा भएको हिंसाको निन्दा तथा भत्सर्ना पनि गरिएको छ ।

आइतबार गौरमा प्रहरीको गोली र कुटाईबाट १० कक्षामा अध्ययनरत शेख तबरेज आलम मारिएका थिए ।

महेन्द्रनगरमा भएको प्रदर्शनमा युवा, बुद्धिजीवी, व्यापारी तथा बिद्यार्थीहरु स्वस्फूर्त सडकमा निस्किएका थिए । सोहीमा नेपाली कांग्रेस, एमाले र नयाँ शक्तिका कार्यकर्ताहरु पनि सहभागि थिए भने नेताहरुले एक्यवद्धतासमेत जाहेर गरेका थिए ।

प्रदर्शनमा एक्यवद्धता जनाउँदै नेपाली कागे्रसका क्षेत्र नंं. ५ का क्षेत्रीय सभापपति योगेन्द्र पजियार भने, ‘यो मधेश आन्दोलन सम्पूर्ण मधेशीको लागि हो त्यई भएर यो आन्दोलन मधेशी दल मात्रै होईन बिभिन्न पार्टीमा लागेको मधेशी नेता तथा कार्यकर्ताहरु पनि लाग्नु पर्नेछ ।’

उनले भने,‘हामी कुनै दलको रिमोटको इसारामा चल्नु हुँदैन । हामी पनि आन्दोलनमा अन्तरिकरुपमा लागेका छौं अव खुलेर आउने समय भएको छ ।

त्यस्तै नयाँ शक्तिका बिजय कुमार यादवलगायत एमाले र कागे्रसका नेता तथा कार्यकर्ताहरुले एक्यबद्धता जनाएका थिए । साथै प्रदर्शनकारीहरुद्धारा मोटरसाईकल र्याली तथा संविधानको बिधेयक पनि जलाईएको थियो ।

Mahendranagar-dhanusha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.