Laxman-Lal-Karna
हुलाकी न्यूज, काठमाडौं ६ पुस । यूद्ध नियम विपरीत जंगली राज्यमा नहुने कुरा ओली राज्यमा भईरहेको आरोप सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले लगाएका छन् । कर्णले ओलीको राज्य विसुद्ध जंगली राज्यमा परिनत भएको समेत बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्णले जनता खान नपाएर सडकमा आएपछि ओली सरकार ढल्ने चेतावनी दिए । उनले भने,‘जनताको आक्रोस आउन थालेको छ । यस्तै अवस्था रहे जनता सडकमा आउँछन र सरकार ढल्छ ।’

कर्णले सरकार सार्थक बार्ताको लागि आए तीन महिनामा सीमांकन गर्ने विकल्पमा विचार गर्न सकिने भन्दै त्यसकोलागि किन सरकारले तीन वा छ महिनाको समय भन्ने औचित्य भने पुष्टी गर्नुपर्ने तर्क गरे ।

सरकार समस्या समाधानमा लचक भएरलगातार बार्ता गर्ने भए बार्ता गर्न तयार रहेको स्पष्ट पार्दै जिम्मेवार भएर लगातार बार्ता गरे ४–५ दिनमा समस्याको समाधान निष्कने उनले ठोकुवा गरे ।

उनले भने,‘विश्वयूद्ध त टेवलमै समाधान भयो, जनयूद्ध टेवलबाट समाधान भयो भने हाम्रो आन्दोलन पनि टेबलबाटै समाधान हुन्छ । तर सरकार एक दिन बार्तामा बोलाउँछ र १० दिन चुप लागेर बस्छ । सरकार जिम्मेवार भएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.