Sujit Jha

सुजित कुमार झा

‘गृहमन्त्री धोती हो, भालेहरुको पोथी हो’ नेपाल कमर्स क्याम्पसका विद्यार्थीहरुले नेपाल कमर्स क्याम्पस र संबिधानसभा भवनबीचको सडकमा नारा लगाउँदै थिए । त्यतिखेर गृहमन्त्री थिए विजय कुमार गच्छेदार र अनेरा स्ववीयुका केही कार्यकर्ता कुनै प्रदर्शनमा पक्राउ परेका थिए जसको बिरोधमा नारा लगाउदै थिए । भन्नुको अर्थ विजय कुमार गच्छेदार पनि धोती मधेशी नै हुन् ? थारू भए पनि ? भन्नाले थारू पनि मधेशी नै साबित हुन्छ र वर्तमान मधेश आन्दोलनमा भएको सर्वसाधारणको सहभागिताले यो कुरा प्रमाणित पनि गरेको छ । अर्थात् मधेशी टुक्रयाई मांग र आन्दोलन ध्वस्त पर्ने दीर्घकालीन योजना सफल हुन सकेन ।

परराष्ट्र मन्त्री कमल थापा अचेल प्रायः कुटनीतिक भ्रमणमा छन् । भारतलाई मिलाएर होस् कि अरु देशहरूबाट भारतलाई भन्न लगाएर होस् जसरी भए पनि आपूर्ति सहज बनाउन खोज्ने उनको प्रयास प्रशंसनीय छ । तर मधेशको समस्या र बार्ताको बिकल्प भने देखिदैन । एउटा अंग्रेजी अन्तरबार्तामा उनलाई एउटा प्रश्न सोधियो ‘नेपालमा ४५.५ मधेशी छन् त्यसमा सबै निकाय मिलाएर कति सहभागिता छ ?’ उनको जवाफ आउँछ ‘४५.५ मधेशीमा मधेशी मात्र होइनन् थारू, मुस्लिमहरू पनि छन्’, पत्रकारले फेरी त्यही प्रश्नलाई अलि सच्याएर सोध्छ ‘होइन, मुस्लिम, थारू सबै मिलाएर ४५.५ मा कति प्रतिशतको सहभागिता छ ?’ यो प्रश्नको उत्तर कमल थापासंग छैन । उनले कुरा बंग्याएर भूतपुर्ब रास्ट्रपति, उपराष्ट्रपति मधेशी भएको भन्छन् र अहिले महिलाहरुलाई अगाडि ल्याइएको भन्छन । धर्मको राजनीतिबाट ‘यू’ टर्न लागेका परराष्ट्र मन्त्रीलाई सारा बिश्वले बुझे देखेको अवस्था छ ।

भारतको विकल्प चीन गएर खोज्नु अति राम्रो हो । तर यसले मधेश आन्दोलनको विकल्प खोजिएको हो की भारतको विकल्प । भारतजस्तै नाका र आपूर्ति चीनमा खोज्नु अति राम्रो हो, यसले छिटै मधेश समस्याको समाधान पनि गर्छ । किनभने एक मधेश एक प्रदेशमा नेपाल सरकारलाई मुख्य समस्या भनेको भारतको नाकाहरू मधेशमा पर्नु हो । यदि चीनको नाका भारतजस्तै सुचारु भयो भने नेपाल सरकारलाई मधेशको सम्पूर्ण मांग पुरा गर्न कुनै पीर हुदैन । यसरी अघोषित नाकाबन्दीको बिकल्प खोज्ने नेपाल सरकारले २०४५ र ४६ सालतिर भएको घोषित नाकाबन्दीको बिकल्प खोज्ने प्रयास किन नगरेको होला ? उल्टै बिरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखानाजस्ता विभिन्न उद्योगहरूलाई बन्द गरेर भारतमाथि झन् निर्भर बनाउने काम गरियो ।

हुन त मधेशी, मधिसे, मर्स्या जे उपनाम भए पनि मधेशी भन्नाले मधेशी, थारू, मुस्लिम र मधेशमा बसोबास गर्ने सीमा पारि भारतका भाषा बोल्ने मान्छेलाई नै बुझिन्छ तर मधेश आन्दोलन कमजोर पार्न थारू, मुस्लिम र बिभिन्न समुदायका मधेशीहरूलाई टुक्र्याउने काम नेपाल सरकारले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरूमार्फत विभिन्न तथ्यांकहरूमा मधेशी, थारु, दलित, आदिबासी जनजाति भन्दै छुट्टा छुट्टै प्रतिबेदन देखाउने काम गरियो र अहिले पनि गरिरहेको पाइन्छ । मधेशी समुदायका भाष मा धेरै फरक हुदैन, बिभिन्न चाडपर्व, संस्कृति र रहनसहन रिवाज पनि मिल्दाजुल्दा भएकोले मधेशी टुक्र्याउने खश प्रयास बर्तमान नेपालको समस्या समाधान स्थायीरुपले निकाल्न सक्दैन ।

लेखक हाल अमेरिकामा बरिष्ट सोफ्टवेयर कन्सल्टयान्ट हुन ।

1 COMMENT

  1. ho kura satya nai ho hamra desh ka khas badi haru ko niyat nai tehi ho ki pahadi ra madheshi lai ladayera khas barga haru ramai rahane jasari 250 barsa dekhi gardai ayeka xan ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.