हुलाकी न्यूज, नयाँ दिल्ली ६ पुस । दिल्लीमा अध्ययनरत मधेशी–थारु विद्यार्थीहरुको तराई–मधेश अध्ययन समूहले मधेशमा देखा परेका समस्या बारे निरन्तर छलफल गरेका छन् ।
मधेशी मोर्चाका नेताहरुसँगको छलफल पश्चात मधेशमा जारी आन्दोलनको रिर्पोटिङ्ग गरिरहेका पत्रकारहरुसँग पनि अन्तरक्रिया गरेका छन् ।
समूहले अमेरिकी पत्रकार डेबिड क्यापरारासँग पनि अन्तरक्रिया गरेका छन् । क्यापराराले नेपालमा नाकाबन्दी मधेशीहरुले नै गरेको भन्ने तथ्याहरु केलाएका छन् । उनले भने,‘मैले समाचार संकलन गर्ने क्रममा नाकामा धेरै बस र ट्रकहरु फुटाएको र जलाएको देखेकोछु । सिमामा मधेशीहरुले मानवसाङ्गलो बनाएर बसेको देखेको छु, त्यसकारण नाकाबन्दी अरु कसैले हैन मधेशीहरुले नै गरेको हो भनि मेरो बुझाईरहेको छ ।’
आफ्ना पाँच महिने अनुभव सुनाउने क्रममा उनले भने ‘मेरो अध्य्यन–अनुभवमा मधेशीहरुको माग जायज हो र बहुसंस्कृति, बहुभाषिक र बहुधार्मिक जस्तो बहुलवाद भएको नेपालले यी मागहरुलाई संबोधन नगरेसम्म संकट टर्दैन जस्तो लाग्छ ।’
पत्रकार क्यापराराले नेपालका मूलधारका सञ्चारमाध्यमहरुले मधेशीको मागहरुलाई उचितरुपले प्रकाशन तथा प्रसारणमा स्थान दिन नसकेको हुनाले, मधेशीको मागहरु उपेक्षीत भएकोहो भनि टिप्पणी समेत गरे ।
एक अर्को प्रसंगमा उनले भने ‘आन्दोलनको क्रममा नेपालका प्रहरीहरुले आफ्नो व्यवसायीक कर्तव्य निभाउनुको सट्टा दमन गर्नमात्र परिचालन गरिएको जस्तो देखियो त्यसकारण सरकारले मानवअधिकारको सम्मान गर्नुपर्ने आवश्यकता देखिन्छ ।’




