हुलाकी न्यूज, वीरगंज, २० भदौ । शनिबार वीरगंजमा सहादत प्राप्त गरेका पाँच सहिदको अन्तिम संस्कारसँगै प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख चार दलका शीर्ष नेताहरुको पुतला दहन गरिएको छ ।
सहिदहरुको अन्त्येष्टि गरिएकै ठाउँमा प्रधानमन्त्रीसहितका नेताहरुको पुतला दहन गरिएको हो । पर्साको तिलावे नदी किनारमा सहिदहरुको अन्तिम संस्कार गरिएको थियो भने नदीको पुलमा नेताहरुको पुतला झुन्ड्याइएको थियो ।
गत सोमबार र मंगलबार पर्सामा प्रहरीको गोली लागि मृत्यु भएका दिलिप चौरसिया, धर्मराज सिंह, दिनानाथ साह, जयप्रकाश साह तेली र सोहन साहको शवयात्रा र अन्तिम संस्कारमा लाखौंको मानव सागर ओर्लिएको थियो ।




