हुलाकी न्यूज, गैर ५ पुस । गौरको विपि चौकमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडप पछि एक जना विद्यार्थीलाई नियन्त्रणमा लिइ हत्या गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।

युद्ध उच्चमावि गौरको कक्षा १० मा अध्ययनरत शेख तजरेज आन्दोलनमा सहभागी नभई छेउबाट हेर्दै गरेका थिए । प्रहरीले अन्दाधुन्द गोली प्रहार गरेपछि केही घाइते भए । घाइतेहरुलाई प्रदर्शनकारीले लिएर भागेका थिए ।

तर आन्दोलन हेर्दै गरेका तबरेजलाई गोली लागेपछि उनी ढलेका थिए । स्थानीयबासीहरुका अनुसार तबरेजलाई कोखामा गोली लागेको छ । गोली लागेर ढलेका तबरेजलाई एक्लै भेटाएपछि प्रहरीले करिब १५ मिनट नियन्त्रणमा राखी बुट तथा बन्दुकको कुनाले हानेको प्रत्यक्षदर्शीहरुले हुलाकी न्यूजलाई बताए ।

त्यसपछि अस्पताल पु¥याइएका तबरेजको केहीबेर अघि गौर अस्पतालमा मृत्यु भएको हुलाकी न्यूजलाई डा.कृष्ण साहले जानकारी दिएका छन् ।

Tabarej-gaur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.