रौतहट, ४ पुस । हत्या गरी फालिएको अवस्थामा आमा छोरीको शव फेला परेको छ । हर्दियापल्टुवा गाविस–३ मा हत्या गरी फालिएको अवस्थामा शनिबार बिहान आमा रेणु साह र छोरी अंकिता साहको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय प्राथमिक विद्यालयको पछाडिट्टि रहेको खाली चौरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई शव फेला परेको हो । शुक्रबार राति नै हत्या गरेको जस्तो देखिने शव स्थानीयबासीले शनिबार बिहान फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.