काठमाडौं, ४ पुस । संघीय समावेशी मधेशी गठबन्धनका प्रतिनिधि र सभामुख ओनसरी घर्तीबीच छलफल भएको छ । शनिबार सिंहदरबारमा भएको भएको छलफलमा अहिलेको सदनमा दर्ता भएको बिलमा सभामुखले गठबन्धनसँग सहयोगको अपेक्षा गरेकी थिइन् । तर, गठबन्धनका प्रतिनिधिहरुले जबसम्म संविधान संशोधनको विषयमा सहमति हुँदैन तबसम्म बिल पास गर्नमा सहयोग गर्न नसक्ने बताएका बताएका थिए । छलफलमा गठबन्धनको तर्फबाट रामसपा शरत्सिंह भण्डारी, नेसपा अध्यक्ष अनिल कुमार झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमरा अभियानका देबेश झा, रामसपा प्रवक्ता केशव झा, सांसदहरु निर्जला राउत, डिम्पल झा, सरिता यादव र धर्मेन्द्र साहको उपस्थिति रहेको थियोे ।



