हुलाकी न्यूज, नेपालगञ्ज ४ पुस । हिन्दु महासभाका कार्यवाहक अध्यक्ष कमलेश तिवारीले पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहिवसल्लमलाई समलिंगी भनेको विरुद्धमा मुस्लिमहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकमार्फत भारतीय दुताबासलाई ३ बुदासहित ज्ञापन पत्र बुझाएका छन् ।

तिवारीले मोहम्मद सल्लल्लाहु अलैहिवसल्लमलाई विश्व कै प्रथम समलैंगिक व्यक्ति भएको भनी विज्ञप्ती प्रकाशित गरेकोको बिरोधमा कमलेश तिवारीलाई सम्प्रदायीक दंगा फैलाउने र सामाजिक सदभावलाई बिथोल्ने प्रयास गरेकोले तत्काल मुद्दा दर्ता गरि कारवाही शुरु गर्नु पर्ने भारतीय सरकार संग माग गरेका हुन् ।

हिंदू महासभाका कार्यवाहक अध्यक्ष कमलेश तिवारी द्वारा हजÞरत मोहम्मद सल्लल्लाहु अलैहिवसल्लममाथि दिएको अशोभनीय अभिव्यक्तिले मुसलमानहरुको मन मस्तिष्कमा आक्रोश उत्पन्न गरेको छ ज्ञापन पत्र बुझाए पुगेका दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिका निर्वातमान अध्यक्ष अब्दुल रहमान मियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.