हुलाकी न्यूज, काठमाडौं ४ पुस । मधेश आन्दोलनमा घाइतेहरुको र सहित परिवारहरुसँग कुराकानी गरिएको भिडियो आजबाट हुलाकी न्यूजमार्फत सार्वजनिक गर्दैछौं ।
सप्तरीको भारदहदेखि कैलालीको टिकापुरसम्म हुलाकी न्यूज टिम पुगेर तयार पारेको भिडियोहरुको स–साना टुक्राहरु हामी क्रमिक रुपमा प्रस्तुत गर्नेछौं ।
हामी पहिलो भिडियोका रुपमा महोत्तरीका बालक अजित मिश्राको भिडियो सार्वजनिक गर्दछौं । उनी जलेश्वरबाट ट्युसन पढेर घर जाँदै थिए सोही क्रममा उनलाई प्रहरीको गोली लागेको थियो ।



