कुन्दन कौशिक

राष्ट्रपतिको जनकपुर भ्रमण निश्चय नै निंदनीय रहयो । एउटा जिम्मेवार पदमा आसीन व्यक्तिमा गम्भीर जिम्मेवारी हुन्छन् । उसले सोंच्नु पर्छ कि यदि मेरो कारण कुनै घटना घटन सक्छ भने उनले त्यो कार्य कदापी गर्नु हुन्न ।

उनलाई राम्ररी ज्ञात थियो की हिन्दुहरुको महान आस्थाका पर्व विवाह पंचमीमा देश– विदेशका दर्शनार्थी सहभागी हुन्छ र अहिलेको परिप्रेक्ष्यमा उनको आगमनले अराजकता उत्पन्न भएर आम दर्शनार्थी प्रत्यक्षरुपमा प्रभावित हुनेछ । यी सबै थाह हुँदा हुँदै आउनु भनेको गैरजिम्मेवार कार्य हो । यस प्रकारको उनको कार्यलाई जति सुकै भर्त्सना गरे पनि कम हुन्छ ।

Kundan Chaushik
कुन्दन कौशिक

राष्ट्रपती त शक्तिको बलमा जिस्काउन आए र गए पनि तर विवाह पञ्चमी, जानकी मंदिर र मिथिलाको परम्परा हाम्रो धरोहर र सभ्यता थियो र छ । जसमा सहभागी दर्शनार्थी हाम्रो अतिथि थिए तिनिहरुको स्वागत र सहज दर्शनको व्यवस्था गर्नु यंहाका स्थानीयको मुख्य दायित्व थियो तर मोर्चाका स्थानीय नेतृत्व यसमा नराम्ररी चुके अर्थात ठूलै गल्ती गरे ।

विरोधको स्वरुप गलत भयो । राष्ट्रपतिलाई मेलाका दिन सांकेतिक विरोध गर्न सकिन्थ्यो । जस्तो की प्रत्येक घर र पसलमा कालो झण्डा राखेर र यसले पनि ठुलो महत्व राख्थ्यो । यसरी विरोध गर्दा राष्ट्रपतिको विरोध पनि हुन्थ्यो र मेला व्यवस्थित भएर दर्शनार्थी लाई कुनै समस्या हुन्थेन ।

आशा गरौ की जनता को सवालमा दुबै पक्ष जिम्मेवार भएर प्रस्तुत हुनेछन आगामी दिनमा ।
माता जानकीले सबैलाई सद्बुद्धि दिउन र सबैको कल्याण गरुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.