हुलाकी न्यूज, काठमाडौं, २० भदौ । मधेशमा जारी आन्दोलनमा राज्यले दमन गरेको भन्दै विवकेशील नेपाली दलले सरकारको दमनकारी प्रवृत्तिको निन्दा गरेको छ ।

विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले आईतबार प्रधानमन्त्री सुशील कोइरालालाई पठाएको पत्रमा संविधान निर्माणका दौरान उठेका विरोध र मागलाई सुनुवाई नै नगरी दमनको विकल्प रोज्नु लोकतान्त्रिक मूल्य मान्यताको विपरित रहेको बताएका छन् ।

पत्रमा संविधान निर्माणका क्रममा उठेका मागहरुप्रति विवेकशील नेपालीको पूर्ण समर्थन रहेको जनाइएको छ । यससँगै विवेकशील नेपालीले मधेश आन्दोलनलाई नेतृत्व गरिरहेका मधेशी नेताहरुलाई जनताको जिउ धनको क्षतिविना आन्दोलन अघि बढाउन अपिल पनि गरेको छ ।

विवेकशील नेपालीले संघीयताको विषयमा जीत–जीतको वातावरण सिर्जना गर्नुपर्ने भन्दै समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.