हुलाकी न्यूज, काठमाडौं ४ पुस । केही साता नवित्दै पुनः डोनसेडिङ्ग बढेको छ ।
बिजुलीको उत्पादन कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि फेरि लोडसेडिङको समय बढाउने भएको छ ।
साविकको भन्दा अब दिनमा दुई घण्टासम्म लोडसेडिङ समय लम्बिने भएको छ ।
अब उपभोक्ताले दिनमा १० घण्टासम्म लोडसेडिङ भोग्नुपर्नेछ । मागभन्दा उत्पादन निकै कम भएपछि लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
नदीहरुमा पानीको सतह घट्दै गएका कारण विद्युतको उत्पादन घट्दो क्रममा छ । सुख्खा मौसमका कारण बिजुली उत्पादन प्रभावित भएपछि घोषित रुपमा लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
लोडसेडिङको नयाँ तालिका यस्तो छ:




