बिदुर कटुवाल बैरागी/ उदयपुर, पुस ३ । उदयपुरका पेट्रोल पम्पले उपभोक्तालाई झुक्याएर कालोबजारी गर्ने खुलासा भएको छ । “पेट्रोल सकियो” भन्ने सूचना टाँसेर राती महंगोमा पेट्रोल बेच्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

तेल हुँदा हुँदै पनि उपभोक्तालाई वितरण नगरी वजारमा कृतिम अभाव सिर्जना गर्न पेट्रल छैन भनेर सुचना टाँस्ने गरेको स्थानीयको आरोप छ । लामो समयपछि बुधबार त्रियुगा नगरपालिकाको सगरमाथा आयल स्टोर देउरी र एस।के। ट्रेडर्स गाईघाटको पम्पमा पेट्रोल आएको थियो । आएको तेलमध्ये एसकेले साँझ, बिहान, दिउँसो गरेर तेल वितरण गरेपनि सगरमाथाले तेल नै वितरण नगरी सर्वसाधरणलाई फर्काएको समेत देखेको उपभोक्ता शिव दाहालले गुनासो गरे ।

१९ दिनपछि आएको पेट्रोल दुई पम्पले आधा आधा वितरण गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ । बुधबार सगरमाथा र एस।के।ले करिव ११ बजेबाट सँंगसँगै पेट्रोल बाँड्न शुरु गरेर साँझ ५ वजेसम्म वितरण गरेका थिए । लाइनमा बसेका सबैले नपाएपछि भोलि विहिबार ८ बजे तेल लिन आउनु भन्दै सर्वसाधारणलाई फर्काइएको थियो ।

एक पम्पका सञ्चालका अनुसार मोटर साइकल धनीहरु विहानै ८ बज्न नपाउँदै लाइनमा बस्न थालेका थिए । सगरमाथा आयल स्टोर देउरीले नपुगलाई विहीबार विहान ८ बजेबाट विहान १०ः३० बजेसम्म मात्रै तेल वाँडयो । लगत्तै पम्पले एयर लियो भन्दै पेट्रोल दिन बन्द गरेपछि लाईनमा बसेका सर्वसाधरण रित्तो हात्त फर्कन बाध्य भए ।

यता एसके टेड्रर्स गाईघाटले सर्वसाधारण, कर्मचारी र पत्रकारलाई विहान ८ बजे कुपन अनुसार तेल वितरण गर्यो । कुपन हुनेलाई पेट्रोल वितरण गर्दासमेत विहीबार दिउँसो करिव २ बजेसम्म पेट्रोलको लाईन यथवत रहेको थियो । दिउँसो २ बजेसम्म तेल वितरण गर्दा करिव ११ सय लिटर पेट्रोल बाँकी रहेको पम्पले जानकारी दियो । बाँकी पेट्रोल एस।के। टे«डर्सले  पुनः साँझ ६ बजेबाट वितरण गर्यो ।

दुई पम्पको तुलना गर्दा सगरमाथा आयल स्टोरमा करिव २५ सय लिटरभन्दा बढी पेट्रोल लुकाएको हुन सक्ने मोटरसाइकल उपभोक्ताको दावी रहेको छ । पेट्रोल लिन लाईनमा बसेका त्रिनपा–११ लालपत्ताका महेन्द्र राउतले सगरमाथा पम्पले तेल वितरण नै नगरी लुकाएको आरोप लगाए । उनले भने, ‘हामीलाई विहीबार विहान आउनु भनेर भनिएकोमा विहान ९ः३० बजे आई पुगेर लाईनमा बस पनि पालो आइनपुग्दै तेल सकियो ।’

सगरमाथा आयल स्टोर र एस।के। टे«डर्समा बराबरी तेल आएको भएपनि एउटामा विहान साढे् दश नबज्दै सकिनु अर्को २ बजेसम्म वाँडदा पनि नसकिनुले पम्पलेनै लुकाउने गरेको सहजै अनुमान गर्न सकिन्छ । यस विषयमा प्रशासनले खोजीनिधी गर्नु पर्ने तर, सर्वसाधरणनै मौन रहेको स्थानीय उपभोक्ता अभिषेक राईले बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले सबैलाई पुग्ने गरी तेल वितरण गर्न निर्देशन दिएको बताए । उनले कालोबजारी केहि मौलाएको भन्ने गुनासो आएपनि  प्रमाण नपुगेकाले केहि गर्न नसकिएको गुनासो गरेका छन् ।

Petrol

त्रिनपा–१० देउरीका दुखीराम चौधरीका अनुसार अनुसार सगरमाथा पम्पले  रातीराती ड्रममा लगाएर खुद्र व्यापारीलाई तेल दिने गरेको छन । देउरी बजारमा राति ११ बजेदेखि १२ बजेको विचमा पेट्रोल पम्पबाटै कालो बजारी हुने गरेको दावी स्थानीयको छ ।

नाम नबताउने शर्तमा बेल्टार बजारमा पेट्रोलको व्यापार गर्दै आइएका एक खुद्रा व्यापारीले पेट्रोल आएको बेला राति प्रति लिटर १ सय ५० रुपैँयादेखि १ सय ६५ रुपैँयासम्म तिरेर पम्पबाटै किन्ने खरिद गर्ने गरेका छन् ।

देउरीका स्थानीयवासीका अनुसार सगरमाथा पेट्रोल पम्पको तेल १ सय ६५ रुपैयासम्म जलजले, चुहाडे, मुर्कुची, नेपालटारका साथै काठमाण्डौसम्म पुग्ने गरेको बताए । पम्प र प्रशासनकै मिलेमतोमा आयल निगम, प्रहरी स्किटिङमा खर्च लाग्ने भन्दै मानोमानी प्रति मोटर साईकलबाट १० रुपैँया लिने गरेको पनि उपभोक्ताको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.