हुलाकी न्यूज, काठमाडौं ३ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आइतबारबाट प्रतिकार आन्दोलन गर्ने जनाएको छ ।

विहीबार र शुक्रबार काठमाडौंमा भएको मोर्चाको बैठकबाट गरिएको निर्णयअनुसार प्रतिकार आन्दोलन गर्ने निर्णय भएको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

विहीबार पत्रकार सम्मेलनमार्फत मोर्चाले जारी गरेको प्रेस विज्ञप्तीको ५ नम्बर बुँदामा भनिएको छ,‘मधेश आन्दोलन विरुद्ध मधेशमा हुने मन्त्री, सांसदहरु लगायतको सबै सरकारी वा सरकार समर्थित कार्यक्रमहरुलाई अवरुद्ध गर्नुका साथै जनप्रतिरोधसमेत गरिनेछ ।’

कार्यक्रमहरु
पुस ५ गते– सदरमुकामहरुमा संविधान संशोधन सम्बन्धी विधयेक जलाउने
पुस ७ गते – गाउँ, नगर, टोलहरुमा समेत विधयेक जलाउने
पुस ९ गते – जिल्ला सदरमुकामहरुमा मसाल जुलुश
पुस ११ गते – सदरमुकामहरुमा विशाल जन प्रदर्शन
पुस १५ गते– लाठी जुलुश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.