हुलाकी न्यूज, काठमाडौं, २० भदौ ।
मधेशमा जारी आन्दोलनले अब साम्प्रदायिक रुप लिने पक्का भएको छ । यसअघि सम्म अधिकारका लागि लडिरहेका मधेशीहरुको आन्दोलन गृहमन्त्री बामदेव गौतमले प्रहरी र सेना लगाएर रोक्न नसकेपछि अब एमाले अध्यक्ष केपी ओलीले युवा संघलाई मधेशको आन्दोलनलाई प्रतिकार गर्न फिल्डमा खटाएका छन् ।
यस अघिसम्म मधेशीको आन्दोलनलाई हिंसात्मक र साम्प्रदायिक भन्दै आएको एमाले पार्टीले आफ्नो कार्यकर्तालाई परिआए भिडन्त गर्नु भन्ने सम्मको निर्देशन दिएको छ ।
मधेशको सडकमा मधेशी दलका नेता कार्यकर्ता भन्दा बढी सर्वसाधारण जनता रहेका छन् । ती जनताविरुद्ध एमाले पार्टीले आफ्ना तालिमप्राप्त युवा संघका लडाकु परिचालन गरेको छ । यसले जारी आन्दोलनमा युवा संघका कार्यकर्ता र मधेशी जनताबिच मुठभेड हुने, रक्तपात हुने र सिंगो मधेश आन्दोलन नै बदनाम हुनसक्ने डर पनि छ ।
एमालेको युवा संघ पहिलेदेखि नै अराजक गतिविधि गर्न बदनाम संगठन हो । यसका नेताहरु पनि समय समयमा ठूलो विवादमा आइरहन्छन् । युवा संघले राजनीतिक भन्दा पनि गुण्डागर्दी र हिंसात्मक झडप तथा भिडन्तका कामहरु गर्दै आएको प्रशस्त उदाहरण छ ।
एमाले पार्टीकै नेताहरुले एमाले भ्रातगठन युवा संघलाई गुण्डागर्दी गर्ने संगठनका रुपमा भन्दै आएका छन् ।
युवा संघले मधेश आन्दोलनमा उत्रिने आन्दोलनकारीमाथि प्रहार गर्नु, आन्दोलनमा भिजिलान्ते बन्नु र आन्दोलनलाई साम्प्रदायिक तथा हिंसात्मक रुप दिन सुरक्षाकर्मीमाथि पनि आक्रमण गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
सडकमा रहेको प्रतिपक्षीविरुद्ध सत्तापक्षले आफ्ना कार्यकर्ता सडकमा उतार्नु घोर अराजनीतिक कदम हो ।
मधेशी नेता तथा आन्दोलनरत मधेशी जनता युवा संघका कार्यकर्ता र आन्दोलनमा आउने घुसपैठिया तथा भिजिलान्तेबाट सतर्क रहन जरुरी छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.