अमरेन्द्र कुमार यादव, महेन्द्रनगर, २० भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मुक्ति मोर्चा र नेकपा–माओवादीले संयुक्त रुपमा धनुषाको महेन्द्रनगरमा शनिबार साँझ मजदुर किसान र्याली प्रदर्शन गरेको छ ।

अन्तरिम संविधानमा मधेशीसँग भएका सम्झौताको कार्यान्वयन र पहिलो संविधानसभामा भएको सम्झौताको पालना गर्न माग राख्दै जुलुस निकालिएको हो । उक्त जुलुस महेन्द्रनगरको हनुमान चौकबाट सुरु भई अमर चौक, क्षीरेश्वर चौक, नयाँ बजार, सखुवा चौक हँुदै पुनः हनुमान चौक पुगेको थियो ।

संयुक्त लोकतान्त्रिक मधेशी मुक्ति मोर्चाका अगुवा नेता संजय चौधरीको नेतृत्वमा निकालिएको मजदुर किसान ¥यालीमा करिब चालिस पचास जनाको समूहमा युवा, किसान, बुद्धिजीवि, व्यापारी लगायतका पेशाकर्मी तथा स्थानीय हलो, बिउ तथा किसानले प्रयोग गर्ने विभिन्न किसिमका सामग्रीहरु काँधमा बोकी जुलुसमा आएका थिए । किसानहरुले प्रयोग गर्ने सामग्री काँधमा बोकी जुलुसमा सहभागी भएकाहरुले ‘स्वायत्त मधेश एक प्रदेश लगायतका नाराहरु पनि लगाएका थिए ।

उक्त जुलुसमा संयुक्त लोकतान्त्रिक मधेशी मुक्ति मोर्चाका नेता संजय चौधरी, राजकुमार यादव, मन्दिप झा, राजाराम साह, बिजय सिंह, सुर्य नारायण महतो, कुलदिप साह, राधा किशोर सिंह, बिरेन्द्र झा तथा नेकपा–माओवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.