हुलाकी न्यूज, काठमाडौं १९ भदौं । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा संविधान सभाबाट बाहिरिने भएको छ । र्शीष तीन दलले शनिबार गरेको सहमतिप्रति असन्तुष्टि जनाउँदै गच्छादर चार दलको बैठकबाट बाहिरिएका हुन् ।

फोरम लोकतान्त्रिकका सभासद् योगेन्द्र चौधरीले हुलाकी न्यूजसँग कुराकानी गर्दै अव संविधानसभामा बस्नुको औचित्य समाप्त भएको भन्दै कुनै प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

हुलाकी न्यूजसँग चौधरीले भने,‘यथास्थितिमा संविधान सभा प्रक्रियामा गयो भने हामी कुनै प्रक्रियामा सहभागी हुने छैनौं । र अब सडक नै रोज्दैछौं ।’

संघीय लोकतान्त्रिक मोर्चामा मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक) रहेको छ ।

शनिबार अबेर साँझसम्म पनि मोर्चाका नेताहरुबीच थप कार्यक्रमहरुका विषयमा छलफल जारी रहेको छ ।

यसअघि शुक्रबार मोर्चाले पत्रकार सम्मेलन गरी आफनो धारणा राखेको थियो ।

आयोगको नौटंकी चल्दैन : चौधरी

शनिबार तीन दलले थारुहरुको माग आयोगबाट टुङ्गग्याउने सहमति गरेको छ । तीन दलले आयोगको नाममा नौटंकी सुरु गरेको चौधरीले प्रतिक्रिया दिएका छन् ।

हुलाकी न्यूजसँग चौधरीले भने,‘यो आयोगको विषयलाई ल्याएर थारु–मधेशीलाई अलमलमा पार्ने काम हुँदैछ । हामी कुनै पनि हालतमा आयोगलाई मान्ने छैनौं । जे हुन्छ संविधान सभाबाट हुन्छ । हाम्रो अगाडि आयोगको नौटंकी चल्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.