हुलाकी न्यूज, जनकपुरधाम १९ भदौ । नेपाल इस्लामिक वेलफेयर फाउन्डेशन जनकपुरधामले यस वर्ष धनुषा जिल्लाबाट हज गर्न जाने हाजयात्रीहरुलाई विदाई गरेको छ ।
फाउडेशनले शनिवार एक कार्यक्रमको आयोजना गरि खाडी मुलुक सउदीको मक्का–मदिनामा हज गर्न जाने हजयात्रीहरुलाई विदाई गरेको हो ।
इस्लामिक महिना जिल्लहिजामा संसारभरिका मुस्लिम समुदाय हज गर्न मक्का–मदिना जार्ने गर्छन् । यसवर्ष धनुषाबाट १७ जना हज गर्न सउदी जान लागेको वेलफेयर फाउन्डेशन जनकपुरक अध्यक्ष गुलाम रसुलले हुलाकी न्यूजलाई बताए ।
गत वर्ष प्रत्येक हजयात्रीबाट सरकारले दुई लाख रुपैयाँ लिएका थिए । तर यस वर्ष पेट्रोलियम पदार्थ सस्तो भएकोले १ लाख ८५ हजार रुपैयाँ लिएको छ ।
हज इस्लाम धर्मका महत्वपूर्ण ५ वटा अधारस्तमभ मध्ये एक हो । उनले हजको विशेषता र त्यहाँ गएर कसरी धार्मिक कार्यमा संलग्न हुने लगायतका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
साथै नेपाल इस्लामिक वेलफेयर फाउन्डेशन जनकपुरधामले सम्पूर्ण हजयात्रीहरुलाई दोसल्लाह ओढाएर सम्मानसमेत गरेको छ । त्यस्तै, वेलफेयर फाउन्डेशनले यसअघि हज गरिसकेका र अगामी वर्ष हज गर्ने मनस्थित बनाएकाहरुलाई समेत सम्मान तथा स्वागत गरेको छ ।
धनुषाका हजयात्रीहरु सोमबार जनकपुरधामबाट काठमाण्डौ प्रस्थान गर्नेछन् ।



