परिष कुमार कर्ण, राजविराज १ पुस । मधेश आन्दोलन सुरु भएदेखि मधेशका सहरहरुमा काठमाडौंबाट प्रकाशित तथा प्रसारित सञ्चारका माध्यमहरुलाई रोक लगाइएको छ ।

अधिकांश टेलिफिजनलाई केबल अपरेटरहरुले नेपाली च्यानलहरुलाई बन्द गरेका छन् । त्यस्तै नेपाली पत्रिकाहरुलाई पनि विक्री वितरणमा रोक लगाइएको छ ।

आज राजविराजमा अचानक केही पत्रपत्रिकाहरु गएपछि मधेशी मोर्चाका कार्यकर्ताहरु सम्पूर्ण पत्रपत्रिकालाई नियन्त्रणमा लिएका छन् ।
मधेशको समाचार नलेखेको भन्दै लामो समयपछि आज सप्तरीमा आएका पत्रिकाहरु मधेशी मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएको मोर्चाले जनाएको छ । मधेशमा आन्दोलन शुरुभए यता राष्ट्रिय पत्रिकाहरु जिल्लामा आउन सकेको थिएन ।

सदरमुकाम राजविराजस्थित उपयोगी पुस्तक पसलमा आएका पत्रिकाहरु मोर्चा कार्यकर्ताहरुले बिहानै नियन्त्रणमा लिएका हुुन् । पसलका संचालक उत्तम भुजेलले २ सय ५० भन्दा बढी कान्तिपुर, ४० वटा नागरिक, ६ वटा अन्नपूर्ण र नौ वटा काठमाडौं पोष्ट पत्रिका मोर्चाले नियन्त्रणमा लिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.