हुलाकी न्यूज, काठमाडौं १ पुस । गएराती संघीय समावेशी मधेशी गठबन्धन र प्रधानमन्त्री केपी ओलीसहित एमालेका नेताहरुबीच भएको वार्तामा प्रम ओलीले राष्ट्रवादका भाषणा सुनाए पछि वार्ता विनानिष्कर्ष सकिएको थियो ।
वार्तामा सहभागि नेपाल सद्भावना पार्टीका नेता राजिव झाले हुलाकी न्यूजलाई भने,‘वार्ता सुरु भएपछि प्रम ओली वर्तमान समस्याभन्दा पनि राष्ट्रवादी भाषण सुनाउन थालेका थिए । ओली सरकार अहिले पनि मधेशको मागप्रति गम्भीर देखिएन ।’
प्रधानमन्त्री निवास बालुटारमा भएको उक्त वार्ताबाट आगामी दिनमा वार्ताका लागी सानो वार्ता समिति बनाउने निष्कर्ष निकालिएको छ ।
वार्तामा गठबन्धनका नेताहरुले आफ्ना अडान राखेका थिएभने सरकारी पक्षले संशोधनमार्फत मागहरु सम्बोधन गर्ने धारणा राखेका थिए ।
तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताका अनुसार संसदमा टेबूल गरिएको संविधान संशोधन विधेयकलाई गठबन्धले मान्ने छैन । त्यस विषयमा पर्नुविचार गर्नुपर्ने गुप्ताले अडान राखे ।
गुप्ताका अनुसार अर्को चरणको वार्ता केही दिनमै हुनेछ ।
यो सामाग्री पनि



