काठमाडौं, १ पुस । नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारी र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा मंगलबार बिहान भएको भेटवार्तामा अध्यक्ष ठाकुर र चिनियाँ दूतावासका मिसन उपप्रमुख (डेपुटी चिफ अफ मिसन) चेङ जी र राजनीति तथा सञ्चार प्रमुख जियाङ वेइ छलफल भएको थियो । तमलोपा पार्टी कार्यालय स्रोतका अनुसार अध्यक्ष ठाकुर र चिनियाँ अधिकारीबीच तराई–मधेशमा जारी आन्दोलन र मधेशको समस्याबारे छलफल भएको थियो ।



