हुलाकी न्यूज, जनकपुरधाम २९ मंसिर ।
राष्ट्रपति विद्या भण्डारी भोलि(बुधबार) जनकपुरधाम आउने कार्यक्रम तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै पराजुलीले राष्ट्रपतिको सुरक्षाका लागि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई परिचालन गरिएको बताए ।

पराजुलीले भने,‘भोलि राष्ट्रपति आउँदै हुनुहुन्छ । उहाँको सुरक्षा नेपाली सेनाको हो । तर यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुन्धानकाले संयुक्त रुपमा सुरक्षा दिदैछ ।’

पराजुलीले आन्दोलनकारीलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको जानकारी दिए ।

भोलि हुने राम जानकी विवाह महोत्सवमा सहभागि हुन राष्ट्रपति भण्डारी जनकपुरधाम आउन लागेको हो । उनीसँगै प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि जनकपुर आउनेछ ।

यता मधेशी मोर्चाका कार्यर्ताहरुले राष्ट्रपति भण्डारीको विरोध गर्ने जनाउँदै आएका छन् । जनकपुरधाममा आन्दोलनरत सम्पूर्ण पक्षले राष्ट्रपतिको विरोध गर्नेदेखि कालो भण्डा देखाउन कार्यक्रम तय गरेको छ ।

समाचार श्रोतका अनुसार भारतीय राजदुत आउने कार्यक्रम भएपनि अहिलेसम्म टुँगो लागि सकेको छैन ।

आजै साँझ मधेशी युवाहरुले जनकपुरधाममा राष्ट्रपति भण्डारीको पुतलादहनसमेत गरेका छन् ।

समाजिक सञ्जालमा पनि राष्ट्रपतिको विरोध

Bidhyadevi-bhandari-social media

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.