हुलाकी न्यूज, काठमाडौं २९ मंसिर । मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का नेताहरु मंगलबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउन गएपनि ध्यानाकषर्ण पत्र बुझाएर फर्केका छन् ।

लोकतान्त्रिकका नेताहरुका अनुसार पार्टीले सरकारमा सहभागी हुनुभन्दा अघि गरेको सहमति र मुद्दा खारेजीका विषयमा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउन गएका थिए तर अध्यक्ष विजयकुमार गच्छदारले ज्ञापन पत्र भन्ने शब्दलाई काटेर ध्यानाकषर्ण पत्र बनाएका थिए ।

प्रधानमन्त्री समक्ष लोकतान्त्रिकका नेताहरु कडारुपमा प्रस्तुत हुने प्रयास गरेका थिए तर अध्यक्ष गच्छदार नै नेताहरुलाई चुप लगाएका थिए ।

यता लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै ओलीलाई सहमति कार्यन्वयन गर्न आग्रह गरिएको बताए ।

नेता यादवले भने,‘हामीले प्रधानमन्त्रीलाई हाम्रो आठ बुँदे सहमति कार्यन्वयनका लागि आग्रह गरेका छौ । अहिलेसम्म झुठा मुद्दा खारेजी भएको छैन । हामी जनु आधारमा सरकारमा सहभागि भएका छौं त्यही आधार कायम र कार्यन्वयन नभए सरकारमा बस्नुको औचित्य छैन । सहमति कार्यन्वयन नभए हामी सरकार छोड्न पनि तयार छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.