हुलाकी न्यूज, बीरगञ्ज २९ मंसिर । जारी मधेश आन्दोलनको केन्द्रविन्दु बनेको बीरगञ्जबाट पछिल्लो समय आन्दोलनकारीहरुमाथि धडपक बढ्दै गएको छ ।

पछिल्ला केही सातादेखि दैनिकरुपमा आन्दोलनकारी पक्राउ पर्ने र छुट्ने गरेका छन् ।

आन्दोलनलाई मत्थर पार्न स्थानीय प्रशासनले धरपकड सुरु गरेको संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले हुलाकी न्यूजलाई बताए ।

यादवका अनुसार प्रशासनको तर्फबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी स्थानीय नेताहरुलाई धम्कीसमेत आउने गरेको छ ।

यादवले भने, ‘आन्दोलनमा सक्रिय नेता तथा कार्यकर्ताहरुलाई प्रशासनले निसानामा राखेको छ । शान्तिपूर्ण प्रदर्शन गर्दासमेत प्रहरीले नियन्त्रणमा राखी मानसिक तथा शारिरिक यातना दिने गरेको छ ।’

यता संघीय समावेशी मधेशी गठबन्धनका कार्यकर्ताहरु पछिल्लो समय अधिक पक्राउ पर्न थालेका छन् । पछिल्लो समय बीरगञ्जमा गठबन्धनका कार्यकर्ताहरु सक्रियता पनि बढ्दै गएको छ ।

मंगलबार विहान गठबन्धनका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका थिए । दिउँसो उनीहरुलाई रिहा गरिएको छ ।

त्यस्तै सोमबार गठबन्धनका पर्सा संयोजकसहित तीन जना नेता कार्यकर्ताहरु रिहा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.