रंजन भण्डारी, जलेश्वर, २९ मंसिर । न्यु मोर्डन ई.बो. स्कुल जलेश्वरमा कक्षा ९ मा अध्ययनरत स्विकृती लाल सुगाबाट पढन जलेश्वर आउछिन । विगत केहि दिन देखिको शितलहर र बाक्लो हुस्सुले उनलाई विद्यालय आउन निक्कै समस्या परेको छ । उनलाई आन्दोलनको समय केहि हुन्छ कि भनेर आउन डर समेत लाग्छ ।

मनिष सहनी र शैलुजा सिंह एडभान्स स्कुल जलेश्वरमा कक्षा १० र ९ मा अध्ययनरत छन उनीहरु भन्छन कुहिरोले बाटोमा केहि देखिदैन दुर्घटना हुन्छ कि भनेर डर लाग्छ । कक्षामा पढदा समेत अन्ध्यारो लोड सेडिड्डले अप्ठयारो हुन्छ ।
ल.च.मु.उ.मा.वि. कक्षा ८ मा पढने अस्मिता खडका भन्छिन हामीलाई सिकाईन्छ हामी देशका भविष्य निर्माता हौ तर हामीले पढन पाएनौ भने हामीले कसरी देशका भविष्य निर्माण गर्ने । ३ महिना हाम्रो विद्यालय बन्दले प्रभावित भयो अहिले खुल्दा सितलहरले प्रभावित पार्यो । हामीसंगै साना साना कक्षाका विद्यार्थीहरु पनि बाक्लो कुहिरोमा पढन आउछन उनीहरु या हामी विरामी परिदिए कसरी पढने त्यसैले मेरो आग्रह छ हामीलाई उपयुक्त समयमा पढने व्यवस्था गरिदिनुस । यी प्रतिनिधि पात्र मात्र हुन यीनीहरु जस्ता हजारौ विद्यार्थीको भनाई यस्तै छ झन साना साना वच्चाहरुलाई त बोल्न समेत आउदैन उनीलाई त अभिभाव विद्यालय छोडन आउछन र लिन कक्षा संचालन अवधीभर उनीहरु जाडोले कठ्याड्डिएका हुन्छन ।

मधेशमा जारी आन्दोलन र सो पश्चात सृजित अवस्थाका कारण चिसो र हुस्सुको समय विहान सत्रमा विद्यालय जान विद्यार्थीहरु बाध्य भएका छन । जाडोमा ठुला वडाहरुलाई समेत हिडडुल गर्न अप्ठयारो भएको बेला साना साना वालवालिकाहरु बिहानै स्कुल पोसाक लगाई विद्यालय जाने गरेका छन ।
विगत ४ महिना देखि मधेशमा जारीे आन्दोलनका कारण करिव ३ महिना नै बन्द रहेको शैक्षिक संस्थाहरु विभिन्न प्रयास पश्चात खुलेको अवस्था छ तर सो समय,वातावरण मैत्री र सहज नभईदिदा विद्यार्थीहरु सास्ती भोग्न बाध्य छन । खासगरी साना साना वालवालिकाहरु चिसो र हुस्सुको कारण समस्याहरु भोग्दै आएका छन ।
आन्दोलन जारी नै रहेको अवस्थामा समेत विद्यालय संचालन भएपनि सुरु सुरुमा अभिवावक र विद्यार्थीलाई बाटोमा बलिरहेको टायर देखेर डर लाग्ने गरेको तर अहिले सो कार्य बन्द भए पछि थोरै राहत भने पाएका छन । हुने खानेका वच्चाहरुलाई चिसोमा लगाउने लुगा भएपनि गरिवका छोरा छोरीलाई खानको समस्या रहेकोमा चिसोको लुगा समेत नरहेको अवस्थामा विद्यालय जान समस्या हुने गरेको अभिभावहरु वताउछन ।
शिक्षकहरु समेत चिसोमा समस्या हुने गरेको स्विकाछर्न । केहि विद्यालयले वच्चाहरुको स्वास्थ्य र विहानी सत्रमा हुने समस्यालाई मध्यनजर गर्दैै समय परिवर्तन गरि विद्यालय चलाउने र मोर्चा या कसैले अवरोध गर्न आए उनीहरुलाई सम्झाउने बताएका छन ।

आन्दोलनरत मोर्चाहरु,सरकार र सरोकारवाला सम्पुर्णले विद्यालयको पठन पाठनको समय वारे उचित व्यवस्थापन गर्नु अनिवार्य रहेको छ । अन्य जिल्लाहरुमा समय अनुकुल विद्यालय संचालनको निर्णय स्वागत योग्य रहेकोमा महोत्तरीमा समेत सरोकारवालाले समयमै ध्यान दिनु नितान्त आवश्यक रहेको छ ।



