हुलाकी न्यूज, काठमाडौं २९ मंसिर । मधेशलाई केन्द्र बनाएर राजनीतिक, शक्ति, प्रेस, प्रहरीका विषयहरु समेटेर संरक्षण चलचित्र निर्माण हुन लागेको छ ।
सर्लाहीका युवा निर्देशक पुर्णेन्दु कुमार झाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेका यस चलचित्रलाई नेपाली क्षेत्रमा बहुप्रतिक्षित मानिएको छ ।
निर्देशक झा यसअघि विभिन्न सर्ट फिल्म तथा डकुमेन्ट्री निर्माण गरेर ख्याती कमाई सकेका छन् । झाको संरक्षण ठूलो पर्दाको पहिलो चलचित्र हो ।
फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, आशिष्मा नकर्मी, रमेश रञ्जन र अमितेश साहलगायतका कलाकार छन् ।
चलचित्रको संवाद जय निशान्तले लेखेका छन् भने गीत धीरेन्द्र प्रेमर्षि र डा.कृष्णहरि बराल लेखेका छन् । त्यस्तै संगीत प्रवेश मल्लिक र बसन्त सापकोटाले दिएका छन् ।
फिल्मको अधिकांश दृश्य बीरगञ्जसहित मधेशका सहरहरुमा छायांकन हुने निर्देशक झाले हुलाकी न्यूजलाई बताए ।



