हुलाकी न्यूज, न्यूर्योक २९ मंसिर । नेपाल सरकारलाई दिइने सम्पूर्ण अनुदान रोक्न दातृ निकायसँग मधेशी–थारुहरुले माग गरेका छन् ।

अमेरिकामा रहेका मधेशी–थारुहरुले प्रदर्शनको क्रममा उक्त माग गरेका हुन् ।

कार्यक्रम आयोजक संस्था मध्येका मधेश मानव अधिकारका राम नोहर साहले नेपाल सरकारलाई दिइको अनुदानले भ्रष्टचारमा बढाबा दिएको बताए ।

साहले भने,‘दातृ निकायले नेपाल सरकारलाई दिएको अनुदानको रकम असमावेशी तरिकाले वितरण गरेको छ र असमावेशी संरचना निर्माण गरेको छ । जसले भ्रष्टाचारलाई पनि बढावा दिएको छ । दातृ निकायबाट दिइएको अनुदान नेपालका एक समुदायका व्यक्तिहरुले दुरुपयोग गरिरहेको छ, त्यसकारण दातृ निकायले सम्पूर्ण अनुदानका रकम रोक्नु पर्छ ।’

अमेरिकामा रहेका मधेशीहरुको संगठन एशोसिएशन अफ नेपाली तराईन इन अमेरिका र मधेश मानव अधिकारले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि मानव अधिकार जागरुकता फैलाउने उदेश्यले साईकल रैली पनि प्रदर्शन गरेका थिए ।

कार्यक्रममा न्यूर्योक, न्यूजर्सी, बाशिंगटन डीसी, मैरीलैड, टेक्सास, डेलावेयर, बोस्टनसहित विभिन्न स्थानबाट ७० जनाभन्दा अधिक मधेशी थारुहरुको सहभागिता रहेको थियो । प्रदर्शन गर्दै नेपाल सरकारद्धारा मधेशीहरुमाथि भएको मावन अधिकार हनन्को घटना बारे उजागर गर्न संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद, विश्व समुदाय, अमेरिकी सरकार र विश्व मानव अधिकार संगठनहरुको ध्यानाकषर्ण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.