सुनसरी, २८ मंसिर । जिल्लाको एक इट्टाभट्टामा अचानक विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१२ एकम्बास्थित न्यू जयनेपाल इँटा भट्टामा आज साँझको समयमा विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी घाइते भएको समाचार प्राप्त भएको छ ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । सो विस्फोटमा मृत्यु हुनेहरुको हालसम्म स्नाखत हुन सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्यु हुनेमा भारत बिहार घर भएका मिथिलेश यादव, इटहरी–२० का शिवनारायण चौधरी र इटहरी–१६ का भगलीदेवी चौधरी रहेको जनाइएको छ ।



