सिरहा, २८ मंसिर । भूमिहीन हरुवा चरुवाको समस्याप्रति सरकार कहिल्यै पनि गम्भीर नभएको आरोप हरुवा चरुवाहरुको छ । सरकारले हालसम्म हरुवा चरुवाका लागि कुनै ठोस नीति निर्माण नगरेकोप्रति हरुवा चरुवाका अगुवाहरुले आक्रोश पोखेका छन् ।
सिरहाको लहानमा हरुवा चरुवाको दोस्रो सम्मेलन सोमबार सुरु भएको छ । सो अवसरमा हरुवा चरुवा अधिकार मञ्च सिरहाका अध्यक्ष पाचु राम हरुवा चरुवाको औजारको रुपमा प्रयोग गर्ने हलो उठाएर अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा वक्ताहरुले मेधशमा ५८ हजार हरुवा चरुवा रहेको स्मरण गराउँदै जुनसुकै सरकार आएपनि हरुवा चरुवाको समस्याप्रति संवेदनशिल नरहेको आरोप लगाएका छन् । आगामी दिनहरुमा हरुवा चरुवाहरु अझ सशक्त भएर मुक्तिका लागि आन्दोलन गर्नुपर्ने चेतावनी दिएका छन् । तस्वीर : मधेश स्पेशल



