हुलाकी न्यूज, गौर २८ मंसिर । मधेशमा जाडो बढेसँगै शीतलहर सुरु भएको छ । शितलहर र बढ्दो जाडोका कारण विद्यार्थीलाई बिहानको समयमा विद्यालय र कलेज जान समस्या हुनथालेको छ ।
विद्यार्थीलाई परेको समस्यालाई ध्यानमा राख्दै आन्दोलनरत मधेशी मोर्चा र अन्य समूहहरुले विभिन्न सहरमा दिउँसोको समयमा कक्षा सञ्चालन गर्न दिने भएका छन् । विद्यार्थीलाई बिहान विद्यालय जान समस्या भएपछि केही दिन पहिले आन्दोलनरत मधेशी दलहरुले पर्सामा दिउँसोको समयमा विद्यालय र कलेज सञ्चालन गर्न आग्रह गरेका थिए ।
त्यसतै रौतहटमा पनि बिहान ८:00 बजेदेखि दिउँसो १२:00 बजेसम्म कक्षा संचालन गर्न आग्रह गरिएको छ । जारी आन्दोलनको कारणले लामो समयसम्म विद्यार्थीको पढाई प्रभावित भएपछि मधेशी मोर्चाले बिहानको समयमा शैक्षिक संस्था सञ्चालन गर्न भनेको थियो ।



