हुलाकी न्यूज, बीरगञ्ज २८ मंसिर । दिल्लीको औपचारिक भ्रमण सकेर आइतबार बीरगञ्ज आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आन्दोलनमा झनै आक्रमक भएर लागेका छन् ।
बीरगञ्जमा सोमबार विहान पत्रकार सम्मेलनको आयोजना गरी महतोले दिल्ली भ्रमण निकै फलदायि भएको दाबी गरे । उनले भारतको राजनीतिक तथा प्रशासनिक उच्च तहसम्म मधेशको समस्या बारे जानकारी गराइएको जनाए ।
उनले अन्तर्राष्ट्रिय मिडियाहरु पनि मधेशीको पक्षमा उभिएको दाबी गरे ।
आन्दोलन कमजोर हुँदै गएको प्रश्नमा महतो झनै आक्रम भएर प्रस्तुत हुँदै आन्दोलन कठोर हुने बताए ।
महतोले राज्यलाई चेतावनी पनि दिए । महतोले भने,‘पुस १ गतेदेखि आन्दोलन झनै शसक्त भएर जानेछ, राज्यलेको हातबाट र आन्दोलनकारीको हातबाट पनि आन्दोलन फुत्किन सक्छ ।’
उनले मधेशमा जारी आन्दोलनलाई राज्यले तत्काल सम्बोधन गरेन भने आन्दोलनले देशलाई टुक्रियाउन सक्ने चेतावनी दिए ।
महतोले भने,‘मधेश प्रदेशको यो आन्दोलन सफल नभए मधेश देशको आन्दोलन सफल हुनेछ । अहिले आन्दोलन शान्तिपूर्ण देखिएपनि पछि हिंसात्मक हुन सक्नेछ । राज्यले देशमा साम्प्रदायिक दंगा भडकाउन खोजेको छ ।’



