राकेश यादव, रौतहट, २८ मङ्सिर । रौतहट जिल्लाको गाउ विकास समिति करुनियामा आगलागी हुदा ३ जनाको घर जलेर नष्ट भएको छ ।
आगलागीवाट ८ लाख मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ! मानवीय र चौपायाको क्षति भएको छैन । प्रहरीका अनुसार स्थानीय वार्ड नम्बर १ निवासी बच्चा ठाकुरको घरमा आगलागी हुदा छिमेकी श्रीपुजन साह ,शेख दाउद ,र अच्छेलाल ठाकुरको फुसको घर जलेर नष्ट भएको हो ।
आगलागीवाट साहको ४ लाख ,दाउदको २ लाख ५० हजार र ठाकुरको १ लाख ५० हजार मुल्य बराबरको धनमालको नोक्सानी भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.