हुलाकी न्यूज, काठमाडौं २८ मंसिर । साहित्यकार एवं नाटककार रमेश रञ्जनद्वारा लिखित डोमकछ नाटक संग्रह सोमबार सार्वजनिक हुँदैछ ।

काठमाडौंको बतिस्पुतलिस्थित सिल्पी थिएटरको हलमा दिउँसो तीन बजे पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको लेखक रमेश रञ्जनले हुलाकी न्यूजलाई बताए ।

उनका अनुसार उक्त नाटक मैथिलीमा सबभन्दा अधिक प्रदर्शन भएको छ । पुस्तकको विमोचन साहित्य विज्ञय तथा भाषा विज्ञयहरुहरुले गर्नेछन् ।

डोमकछ अर्थात मधेशी परम्परामा विवाहको समयमा सम्पूर्ण पुरुषहरु जन्ती गएको बेला गाउँ–टोल–छिमेकमा रहेका महिलाहरुले मात्र मनोरञ्जनका लागि गर्ने कार्यक्रम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.