अमरेन्द्र कुमार यादव, धनुषा, २८ मंसिर । धनुषाको ढल्केबरमा सवारी साधनहरुमा आगजनी गरेको आरोपमा पक्राउ परेका तीन आन्दोलनकारीलाई जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरेको छ ।
जिल्ला अदालत धनुषाको ५ नंम्बर इजलासले पक्राउ परेका आन्दोलनकारीहरुलाई धरौटीमा रिहा गरेको जनाइएको छ ।
गत मंसिर ८ गते विहान धनुषाको सखुवा महेन्द्रनगरबाट क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २१ बर्षीय शम्भु साह, २० बर्षीय दिपक कुशवाहा र भुचक्रपर ९ का २० वर्षीय छोरा बिनोद महतोलाई प्रहरीले मोटरसाईकलमा आगजनी गरेको उजुरीको आरोपमा पक्राउ गरेको थियो ।
मंसिर ७ गते धनुषाको ढल्केवरमा आन्दोलनको क्रममा मध्यराति शिवशंकर साहको ज६प ५५२५ र गजेन्द्र साहको ज७प २१९३ नम्बरको दुईबटा मोटरसाईकलमा आगजनी गरेका थिए ।
आइतबार जिल्ला अदालतले तीनै जनालाई जनही ४७ हजार ८ सय ७० रुपैया धरौटी राख्ने निर्णय गरेको हो ।
आन्दोलनकारीको तर्फबाट नेपाल बार एशोसिएशन जनकपुरका सम्पुर्ण पदाधिकारी र सदस्यहरु बहस गर्ने वकिलनामा गरेका थिए भने वादी तर्फबाट सरकारी वकिल रामेश्वर राय यादबले बहस गरेका थिए ।



