हुलाकी न्यूज, काठमाडौं २८ मंसिर । अमेरिकामा रहेका मधेशी–थारुहरुले मधेशमा एक सय २० दिनदेखि जारी आन्दोलनको समर्थनमा साईकल रैली प्रदर्शन गरेका छन् ।
अमेरिकास्थित मधेश मानव अधिकार र एशोसिएशन नेपाली तराईन इन अमेरिकाको संयुक्त आयोजनमा प्रदर्शन भएको हो ।
मधेश मानव अधिकार (मधुर)का राम मनोहर साहले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मधेशमा जारी आन्दोलनमा भएको मानव अधिकार हनन्का घटनाहरुलाई उजागर गर्न साईकल रैली गरिएको छ ।
साहले मधेशमा भएको मानव अधिकार हनन्का घटनालाई यस प्रदर्शनले अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्र संघलाई घच्घच्याउने बताए ।
न्यूर्योक सहरको विभिन्न स्थान हुँदै पमप्लेट तथा ब्यानरसहित रैली प्रदर्शन गरिएको छ ।










