जनकपुरधाम । प्रस्ताबित गुल्म मैनाथपुरको मिलेमतोमा मैनाथपुर गुल्मको जिम्मेबारी इलाका धनुषाको चार ओटा बीओपी इनरवा , खजुरी ,मैनाथपुर र धनौजी रहेका छन। इनरवाबाट ब्यापक नेपाली रकसीको तस्करी हुदै आएको छ । खजुरीबाट छोटे , अहसानले नेपाली टूथपेस्ट, फेयर लबली क्रीम लगाएत अन्य नेपाली समानको तस्करी गर्ने गरेको छ । दुहबीबाट राजीब महासेठ जसको कपड़ा , किराना हार्डवेयर ,अल्बेस्टर , अबैध गुटखा , धनुषाको सबैला,यदुकोहा, बिरेंद्रबाजार,धनुषाधाम र जनकपुर समम् पठाउने गरेको छ । महासेठले नेपालवाटरकसी ,पेस्ट ,चाइनिज स्याउ , बलुवा र गिट्टीको पनी तस्करी गर्ने गरेको छ।
सशस्त्र प्रहरी मैनाथपुर मैं अब्स्थित छ र दुहबी बॉर्डरमा २४ घंटा ड्यूटी हुँदा पनी ड्यूटी बाला कै अगाड़ीबाट सयौ बाइकमा समान जान्छ । डयूटी बालाले रोकन खोज्दा मेरो DSP साबसीत क्लियर छ , घुमुवा चंद्रशेखर मंडललाई डिएसपी सरको भाग दिएर पठाएको छु ।घुमुवा चंद्र शेखर तस्कर महासेठ को समानको स्कोटिंग समेत गर्ने देखी लिएर तस्करी सीत सेटिंग मिलाउन माहिर छन् । सशस्त्र प्रहरी संगठनको नीति बिपरीत डीसपी मदन धानुकले जवान चंद्र शेखर मंडललाई घूमूवाको रूपमा परिचालन गरी कमाऊं धंदामा लागेको छ । यसरी जनकपुर सम्म आएको राजीब महासेठको समानको सम्पूर्ण सेटिंग जनकपुर भंसारको घुमुवा सरोज कुमार साहले मिलाउने गरेको छ।
सर्बसाधारणको गुनशो घुमुवा चन्द्र शेखरले ठुलो ब्यापारीको समानको स्कोटिंग गरेर कटाउने र सानालाई सताऊने गर्ने गरेको छ। आफ्नो बेस को दाखिला देखाउन साना तीना तथा घरायसी समान समेत समातेर भंसार बुझाई दिने गरेको छ,र माथि को प्रेशर हो भनेर भन्ने गरेको छ भनी सर्ब साधारणको गुनशो छ। ड्यूटी बसेको एक जना हबलदारको गुनशो छ , की एक जवान (घुमुवा मंडल ) आएर हामीले रोकेको सामन छोड़ने हाकिम साबको लाइनको सामान हो भनेर हामीलाई थरकाएर जान्छ । हामीले रोकेको समान इंचार्जलाई रिपोर्ट गर्दा घुमुवा मण्डल सीत समन्वय गरेर् छोड़्ने भनेर आदेश आउँछ । काम गर्न गाह्रो छ ,राजीबको समान आउँदा समान बोकेको मोटरसाइकिलको तस्कर हेरेर हामी देखेर पनी नदेखेको झै बस्नु पर्ने हुन्छ । जागीर नै धराप छ घुमुवा को कारणले भन्ने भनाइ छ ।
धनुषाको दुबही गाउ बस्ने चाची नाम गरेको ठूलो तस्करको छोरा राजीव महासेठले धनुषाको मैनाथपूर,दुबही नाका बाट स्याउ, कपडा मटर, मरिच ,रक्सी, तेल, किराना आइटम, लगायतको लाइन चलाएका छन । धनुषाको नगराईन नगरपालिका लवटोली बस्ने सुल्तान मियाले धनुषाको डेवडीहा,जमुनी नदी, महादेवपटी नाका बाट पानपराग,सुपारी, किराना आइटम, को लाइन पाएवापत लाइन चलाएका छन । फूल्गमा बस्ने उमेश साहले धनुषाको लग्मा जटहि, मुखियापटी बाट मोबाईल, मरिच, स्याउ, रक्सी, हुण्डीको पैसा, किराना आईटमको लाइन पाएवापत लाइन पाएका छन र धनुषाको जद्कूहा बस्ने गफार मियाको छोरा कलाम मियाले धनुषाको खजुरी, महूवा, बलहा, कढाल नाकाबाट कपडाको लाइन मोटो रकम बुझाएर लाइन पाएका छन । नईम मियाले धनुषाको तरही ,धनौजी, बहूआर्वा नाका बाट कपडा, फेन्सी डिल लागू औषधको करोबार गरीरहेका छन तर लागू औषध मुदामा फरार अपराधी भए पनि काम गरीरहेका छन । धनुषाको बर्तूलाह खातुन नाम गरेका व्यापारी धनुषाको तरही ,इटहर्वा, बहूआर्वा नाका बाट कपडा, जुताचपलको लाइन पाएका छन । धनुषा बस्ने धर्मेन्द्र साह धनुषाको तरही ,इटहर्वा, धनौजी नाकाबाट कपडाको लाइन पाएका छन । घुमुवाले यी व्यापारीबाट एक लाख देखि चार लाख सम्म उठाईरहेको चर्चा धनुषामा चलिरहेको छ । घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम हुँदैआएका छन् ।



