हुलाकी न्यूज, जनकपुरधाम २७ मंसिर । पछिल्लो समय मधेशमा जारी आन्दोलनको समर्थनमा मधेशका विभिन्न जिल्लाहरुमा मानव साङलो बनाउने क्रम बढ्दै गएको छ ।
अर्कोतर्फ मधेश आन्दोलनको विरोधमा काठमाडौंमा पनि मानव साङलो बनाइएको थियो ।
काठमाडौंमा आन्दोलनको विरोधमा विद्यार्थीहरुको प्रयोग गरी मानव साङलो बनाइएपछि त्यसको भोली पल्टबाट मधेश आन्दोलनको समर्थनमा जनकपुर, बीरगंज, जलेश्वरसहित मधेशका सहरहरुमा विद्यार्थीहरुले मानव साङलो बनाउन सुरु गरेका थिए ।
पछिल्लो समय मधेशका अधिकांश जिल्लामा विद्यार्थीहरुले मावन साङलो बनाएका छन् । सबभन्दा सुरुवातमा हुलाकी राजमार्गमा मधेशीहरुले मावन साङलो बनाएका थिए ।
आइतबार जनकपुरधामका निजी विद्यालय, सरकारी विद्यालय र कलेजहरुले संयुक्तरुपमा करिब ५० हजार विद्यार्थीको सहभागितामा मानव साङलो बनाएको छ । मावन साङलोमा प्यावसन, एनप्यावसन र उच्च माध्यविम विद्यालयहरुको सहभागिता रहेको थियो । मानव साङलोको प्रदर्शन विहान ९ बजेदेखि ११ बजेसम्म भएको थियो । प्रदर्शनमा विद्यार्थीहरुका अभिभावकहरु पनि सहभागी थिए ।
यता राष्ट्रि मावन अधिकार आयोगले आन्दोलनमा विद्यार्थीहरुको प्रयोग नगर्न आग्रह गर्दै आएको छ ।






