हुलाकी न्यूज, मलंगवा २७ मंसिर । सर्लाहीको गौरीशंकर श्रीनगरमा मधेशी मुलका दुई जनाको हत्या गरी परालले छोपेको अवस्थामा लास भेटेको छ ।

दुबै जनामाथि भारतीय प्रहरीले प्रयोग गर्ने ‘फोरनट’को गोली प्रहार गरिएको छ । उक्त गोली लोकल बन्दुकमा प्रयोग गरी चलाइएको हो ।
घटना स्थल नजिकबाट भारतीय नम्बर प्लेटको मोटरसाईकल पनि बरामद भएको छ । घटना स्थलमा दुई तर्फी गोलीबारी भएको प्रहरीले अनुमान लगाएको छ ।

एमाओवादीबाट ज्वाला सिंह नेतृत्वको भूमिगत संगठनमा लागेका व्यक्तिको घर पछाडि उक्त लासहरु भेटिएको हो । शनिबार साँझ उनकै घरमा जाँड पनि पनि भएको स्थानीयबासीहरुको भनाईछ ।

जाँड पार्टीपछि गोलीबारी भएको हो । शनिबार साँझ उनीहरुलाई बञ्चरोले हानेर हत्या गरिएको र त्यसपछि गोली हानिएको हुन सक्ने प्रहरीको भनाईछ ।

मृतकहरुको शरिरमा गोली लाग्नुका साथै बञ्चरोले पनि प्रहार गरिएको छ ।

मृतकहरुको पहिचान हुन नसकेको सर्लाहीका प्रहरी नायव उपरिक्षक रमेश कुमार खड्काले हुलाकी न्यूजलाई बताएका छन् । खड्काका अनुसार घटना बारे अनुसन्धान जारी रहेको छ ।

फाईल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.