एमाओवादीको केन्द्रीय सदस्यबाट राजिनामा गरेका रौतहटका राजकिशोर यादव अहिले मधेश आन्दोलनलाई अझ शसक्त बनाउन आफ्नै संयोजकत्वमा मधेशी फोर्ष संगठन स्थापना गरेका छन् । आक्रमक शैलीमा प्रस्तुत हुने भनिएको संगठनका बारे अध्यक्ष यादवसँग हुलाकी न्यूजका लागि रमेश ठाकुरले गरेको कुराकानीको सम्पादित अंश ।

मधेशी फोर्षको उद्देश्य के हो ?

मधेशी फोर्ष एउटा शक्ति हो, यो एउटा नयाँ संगठन हो र यसको गठन यही मसिंर २३ गते गरिएको हो । यो फोर्ष गठन गर्नुको कारण एउटै हो कि हामी पनि राजनीतिककर्मी हो र हाम्रो पनि आफ्नो पहिचान हो तसर्थ उक्त पहिचानलाई कायम राख्नका लागि र मधेशमा आन्दोलन कमजोर भईरहेको देखेर हामीले आन्दोलनलाई अझ शसक्त बनाउनका लागि यो फोर्ष गठन गरेका हौ ।

यो तपाईहरुको प्रोपोगाण्डा त मात्र होइन ?

होईन यो कुनै प्रोपगाण्डा होईन र मेरो यो जारी आन्दोलनमा कुनै शाख पनि गुमेको छैन् किनभने मधेशमा जुन दिनदेखी आन्दोलन चलिरहेको छ त्यहि दिनदेखी मेरो आन्दोलनमा पुर्ण सहभागिता रहेको छ र प्रत्येक दिनको मोर्चाको कार्यक्रममा हामी सहभागी छौ । मैले माने कि मधेशमा लामो समयदेखी आन्दोलन हुदै आइरहेको बेला हामी अहिले यो फोर्षको गठन गरेका हो तर यसको कारण मैलेमाथि नै भनिसके कि मधेशी मोर्चाको आन्दोलन मधेशमा कमजोर हुंदै गईरहकोले गठन गरिएको हो । म अहिले पनि भन्दै छु कि मधेश आन्दोलनलाई अझै शसक्त पार्नका लागि यो फोर्षको गठन गरिएको हो अरु केहि होइन् ।

यो संगठन विस्तार कस्तो छ ?

मधेशी फोर्षको गठन हालै रौतहटबाट मात्र सुरुवात गरिएको छ र अब छिमेकी जिल्ला बारा र पर्सामा गर्ने सुरसार गर्दैछौ । मधेश आन्दोलनलाई अझ सशक्त बनाउनका लागि केन्द्रमा मोर्चासंग छलफल हुंदैछ र भविष्यमा गएर मधेशका २२ आंै जिल्लामा गठन गर्ने हामीले योजना बनाएका छौं ।

यादव जी नवगठित यो संगठनले मधेशको पक्षमा के के कार्यहरु गर्ने योजना बनाएको छ ?

मधेश आन्दोलनलाई अझ शसक्त बनाउन र मधेशीमाथि अहिलेसम्म राज्यपक्षबाट जुन विभेद गरिदै आएको छ त्यसको विरुद्धमा आवाज उठाउनका लागि हामीले यहिमात्र होईन भारतको विभिन्न पार्टीहरुको २६ वटा नेताहरुसंग मधेशको समस्याहरुको बारेमा छलफल गरेर अवगत गराउने काम गरेको छ । साथै खसवादी नेताहरुले भारतमा गएर नेपालको संविधानको बारेमा गरेको गलत प्रचारबाजीको खण्डन गरेका छौ र नेपालको अन्तरिम संविधानले मधेशीलाई दिएको अधिकारसमेत यो संविधानले खोसेको बारेमा जनतालाई बुझाउदैछौ ।

मधेशी फोर्षको भावी रणनीति के होला ?

मधेशी फोर्षको भावी रणनीति भनेकै शान्तिपूर्ण आन्दोलन गर्नु हो । किनकी सबलाई थाहा भएको कुरा हो कि शान्तिपूर्ण आन्दोलनले नै भारतमा महात्मा गान्धीले अंग्रेजहरुलाई हटाउन सफल भएका थिए । ठिक त्यस्तै आन्दोलन अहिले मधेशमा चलिरहेकोले मधेशी फोर्षको कुनै युद्ध लड्ने रणनीति छैन् । हामी निशर्तरुपमा शान्तिपूर्ण आन्दोलन गर्छौ र अगाडि बढ्छौ । शान्तिपूर्ण आन्दोलनमा हामी जनप्रदर्शन, मसाल जुलुस, धर्ना, नाकाबन्दी र अन्तक्रिया जस्ता कार्यक्रमहरु गर्दै मधेश आन्दोलनलाई अझ शसक्त गर्नेछौ ।

शान्तिपूर्ण आन्दोलन गर्छौ भन्नु भो तर २४ गते तपाईहरुले गर्नुभएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर संगठनको कार्यकर्ताहरुलाई पक्राउ गर्याे नि ?

यो प्रशासनको दादागिरी हो अरु केही होईन हामीले कुनै गल्ति गरेकै थिएनौ तैपनि प्रहरीले हाम्रा कार्यकर्ताहरु पक्राउ गर्याे । अब तपाइ नै भन्नु कि लोकतन्त्रमा जनताहरुले मसाल जुलुस निकाल्दा प्रहरीले पक्राउ गर्ने कहांको नियम हो । यो सरासर गलत हो र यो मधेशी जनतामा माथी राज्यपक्षको दमन हो अरु केही होईन् ।

तर प्रहरी प्रशासनले मधेशी फोर्षलाई त माओवादीको वाइसीएलसंग तुलना गरेको छ नि ?

वाइसिएलसंग मधेशी फोर्षलाई जोड्नु राज्यको गैर जिम्मेवारीपूर्ण कुरा हो । सबलाई जानकारी छ कि वाईसिएल त उहिल्यै जमानामा बन्द भैसक्यो माओवादीले समेत त्यो संगठन बन्द गरिसक्यो अहिले पनि उसको अवशेष होला नहोला भन्न सकिदैन तर यो मधेशी फोर्ष त हामीले एमाओवादी पार्टी परित्याग गरेर खोलेका छौं । हामीले पहिला पनि भन्या छौ कि यसको अहिले कुनै विद्यान छैन तर यो संगठनले शान्तिपूर्ण आन्दोलन गर्छ । तब पनि राज्यले गैर जिम्मेवारीपूर्ण कुरा गर्छ भने यो हास्यास्पद कुरा हो । म अहिले पनि भन्दैछौ कि देशमा भएको सम्पूर्ण नियम कानुनलाई आत्मसाथ गरेर शान्तिपुर्ण आन्दोलन गर्छाै ।

अहिले अल्लगिएर रहेको यस फोर्षको पछि गएर मधेशी मोर्चा वा अरु कुनै पार्टीसंग सहकार्य हुन्छ कि ?

मधेशी फोर्षले अहिले मधेशको लागि लड्न भर्खरै त सुरुवात गरेको छ । मधेशको भूमिका र मधेशको आन्दोलनलाई हामीले सशक्त बनाउछौं भने मधेशी मोर्चासंग पनि हाम्रो गठबन्धन हुन सक्छ तथा समावेशी गठबन्धनसंग पनि हुन सक्छ । तर उहांहरुले आफ्नो गठबन्धन भित्र हामीलाई राख्नु भएन भने तैपनि हाम्रो आन्दोलन जारी रहनेवाला छ । किनभने हामीले एउटा प्रण लिएर अगाडि बढेका छौ कि मधेशका हामी भुमिपुत्र हौ र जुनसुकै अवस्थामा पनि मधेशलाई न्याय दिलाएर छाड्छौ ।

1 COMMENT

  1. नेपालको निर्माण हुनु अघिदेखि नै यो भूखण्डमा मधेशीहरूको उपस्थिति छ – डा. सुरेन्द्र केसी (इतिहासविद्… https://t.co/Jjd4T1hQ8Y via @tarainews25

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.